Logo
४ बैशाख २०८१, मंगलबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा बैंकको नयाँ शाखा कार्यालय संचालनमा

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा खुशी व्यक्त गरे ।

उनले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए । राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।

बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उनका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ । ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्