Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपतकालीन आवास (सेल्टर हाउस) शिलान्यास, चालीस कार्टुन मदिरासहित युवक पक्राउ

सप्तरी   : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) को बिहीबार शिलान्यास भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको शिलान्यास गरे ।

कोरियाली रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सप्तरी शाखाद्वारा सञ्चालित कोशी वेशीन कार्यक्रमअन्तर्गत आपतकालीन आवास निर्माण हुनलागेको कोशी वेसीनका कार्यक्रम अधिकृत प्रशान्त थापाले बताए । कूल रु १६ लाख ६८ हजार ८५४ को लागतमा सो आवास निर्माण हुनलागेको हो ।

सुरक्षित आवासगृहमा एउटा सानो र एउटा ठूलो कोठा बनाइने छ । शिलान्यासपश्चात गाउँपालिका अध्यक्ष सिंहले निर्धारित तीन महिनाको समयसीमाभित्र आपकालीन सुरक्षित आवास निर्माण हुने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित नेपाल- भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-५ बस्ने ३५ वर्षीय अशोककुमार रायलाई ४० कार्टुन मदिरासहित पक्राउ गरेको जनाएको छ ।

कार्टुनभित्र १२०० थान मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको मदिरासहित नियन्त्रणमा लिइएको रायलाई आवश्यक कारवाहीका लागि बेल्ही भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्