Logo
११ बैशाख २०८१, मंगलबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा कार्यक्रम गर्न अप्ठ्यारो

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने भएको छ । उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा विकासे कार्यक्रम गर्न अप्ठ्यारो भएकाले उपमहानगरको कार्यपालिका बैठकले तथ्यांक संकलन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको नाममा भएका जग्गाको संरक्षण नभएको र भएका केही जग्गा पनि अतिक्रमणमा परेकाले संरक्षणको प्रयास थालिएको हेटौँडा-१ का वडाअध्यक्ष सविन न्यौपानेले बताए । सार्वजनिक जग्गाको पहिचान भएपछि अतिक्रमण गरिएको जग्गा फिर्ता लिएर संरक्षण गरिने उनले बताए ।

उनका अनुसार साविकको हेटौँडा-११ तथा उपमहानगरमा स्तरोन्नति भइसकेपछि गाभिएको तत्कालीन हटिया, हर्नामाडी, चुरियामाई र पदमपोखरीमा सार्वजनिक जग्गा धेरै रहेका छन्। कार्यपालिकाको बैठकले उपमहनागरपालिकाले सडक र भवन निर्माणको नयाँ मापदण्ड बनाउने निर्णय समेत गरेको छ ।

उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सडक र भवन निर्माणको मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको हो । अहिले रहेको सडकलाई थप फराकिलो र व्यवस्थित शहर निर्माण गर्ने उद्देश्यका साथ सडक र भवन निर्माणको मापदण्ड तयार पार्न लागिएको हो ।

अहिले भएको सडक मापदण्डभन्दा फराकिलो बनाउनुपर्ने भन्दै उनले हेटौँडाका १९ वटै वडा कार्यालयले सहमति जुटाएर आफ्नो वडाभित्रको सडकको मापदण्ड, सडकको नाम, सडकको लम्बाइ र चौडाइ तयार पार्न सहयोग गर्नुपर्ने बताए । सडक र भवनको मापदण्ड बनेपछि हेटौँडा थप व्यवस्थित हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाहिले बताए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्