Logo
४ बैशाख २०८१, मंगलबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद दिवसको अवसरमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

दमौली :  नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका-१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

‘भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत भक्तपुरस्थित विपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविरमा पाँचकोे कानको शल्यक्रिया र ६० लाई चश्मा र चारलाई श्रवणयन्त्र प्रदान गरिएको थियो । शिविरमा ७७५ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्