Logo
१३ बैशाख २०८१, बिहीबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजनीतिक दलको पक्षपोषण भन्दा पनि जनताका जायज माग उठानमा डा केसीको अनशन’

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीका माग पूरा गर्नु पर्ने बताएकी छिन् । डा. केसी अनशन बसेको स्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग एकपटक सम्झौता गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताइन् ।

डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउन पुगेकी कार्कीले केसीलाई भेटेकी थिइन् । पूर्वन्यायाधीश कार्कीले डा. केसीले कुनै राजनीतिक दलको पक्षपोषण भन्दा पनि जनताका जायज माग उठान गरेको उनले बताइन् ।

उनले आयोगले तयार पारेको प्रतिवेदन अनुसार डा केसीका माग सम्बोधन हुनु पर्ने उनले बताइन् । डा केसीका माग पूरा भए जनता मात्रै होइन स्वम् प्रधानमन्त्री र सरकारलाई पनि राम्रो हुने बताइन् ।  कार्कीले डा. केसीका माग पूरा गरेर उहाँको जीवन रक्षा गरिदिन पनि सरकारसँग आग्रह गरिन् ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्