Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको चन्दा सहयोग लिन हुने तर, गाडी चढेर आउन किन नहुने ?

पोखरा : मनाङ ‘ख’ बाट निर्वाचित राजीव गुरुङले भारतीय नम्बर प्लेटको मोटर चढेर गण्डकी प्रदेशसभामा प्रवेश गर्दा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आपत्ति जनाएका छन् ।

निर्वाचित भएको १४ महिनापछि सोमबार साँझ प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको सपथ खाएका उनले भारतको विहार प्रदेशको द्यच्ण्टएम् ठछद्दढ नम्बरको मोटर चढेर प्रदेशसभा प्रवेश गरेका हुन् ।

यस विषयमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानले यसबारे कानुनी कार्यविधि हेर्नुपर्ने बताएका छन् । ‘माननीय ज्यूले भारतीय नम्बर मोटर चढेर प्रदेशसभा छिर्न पाउनेकी नपाउने भन्नेबारे कानुनी कार्यविधि हेर्नुपर्छ,’ मन्त्रीले भने ।

मनाङेले भने भारतको चन्दा सहयोग लिन हुने तर, गाडी चढेर आउन किन नहुने भन्ने तर्क दिएका छन् । ‘राजनीति व्यक्ति भएपछि गाडी रफ चलाउनुपर्ने हुन्छ मेरो गाडीका क्लिरिएन्स त्यति राम्रो छैन। त्यै भएर भाइहरूको गाडी हो यो त्यै चढेर आएको’ उनले भने। प्रदेश ५ का मुख्यमन्त्रीहरू नै भारतीय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै मनाङे्ले यो ठुलो कुरा नभएको बताए ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्