Logo
१३ बैशाख २०८१, बिहीबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टचार अवधारणा सूचांक २०१८ : अतिभ्रष्ट मुलुकमा नेपाल ५४ औँ स्थानमा

काठमाडौं : भ्रष्टचार अवधारणा सूचांक २०१८ मा नेपाल विश्‍वका बढी भ्रष्टचार हुने देशहरूमा ५४ औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टचार हुने देशहरूमा नेपाल १२४ औँ स्थान र बढी हुने देशहरूमा ५४ औँ स्थानमा रहेको देखिएको हो ।

भ्रष्टचार अवधारणा सूचांकमा १०० अंक पाउने देश अति स्वच्छ र ० अंक पाउने अतिभ्रष्टका रुपमा गणना गरिएको छ। नेपालले ३१ अंक मात्रै पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपालले औषत अंक समेत भेट्याउन सककेको छैन । औषत अंक ४३ राखिएकोमा नेपाल त्यसभन्दा १२ अंक कम लिएर धेरै भ्रष्टार हुने मुलुकमा गणना भएको हो ।

सबैभन्दा कम भ्रष्टचार हुने देशमा ८८ अंक प्राप्त गरी डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टचार हुने देशमा १० अंक प्राप्त गरी सोमोलिया रहेको छ । कम भ्रष्टाचार गर्ने देशहरूमा दक्षिण एसियाली राष्ट्रमा भुटान पहिलो छ । उसले ६८ अंक पाएर २५ औँ स्थान कायम गरहेको छ। त्यस्तै भारत ४१ अंक प्राप्त गरी ७८, श्रीलंका ३८ अंक प्राप्त गरी ८९ औँ, पाकिस्तान ३३ अंक प्राप्त गरी १७७ औँ, अफगानस्तान १६ अंक प्राप्त गरी १७२ स्थानमा रहेको छ। छिमेकी देश चीन ३९ अंक प्राप्त गरी ८७ औँ स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा अध्यक्ष खेमराज रेग्मीले विश्‍वले नेपालालई हेर्ने दृषिट फरक नभएको बताए । उनले नेपालमा स्थिर सरकार गठनपछि गरिएको अध्ययनमा समेत भ्रष्टचार गर्ने मुलुकहरूमा शिर्ष स्थानमा नेपालको नाम आउनुले सुधारको काम नभएको देखाएको दाबी गरे । कुन क्षेत्रमा बढी भ्रष्टाचार ६ वटा संस्थाले छुट्टा(छुट्टै क्षेत्रमा गरेको अध्ययनअनुसार नेपालले औषत ३१ अंक पाएको हो । तर कुनै क्षेत्रमा २५ र कुनै क्षेत्रमा ३५ अंकसम्म नेपालले पाएको छ । यसलाई आधारमान्दा सबैभन्दा बढी राजनीतिक भ्रष्टचार देखिएको छ ।

भेराइटिज अफ डेमोक्रेसी (भिडिआएम) नामक संस्थाले गरेको अध्ययनको आधार राजनीतिक भ्रष्टचारमा सबैभन्दा कम ९कम भष्टचारमा पाएको अंक० २५ मात्रै रहेको छ । यो नेपाले पाएको औषत अंकको तुलनामा ६ प्रतिशत अंक कम हो । गत वर्ष पनि राजनीतिक भ्रष्टचारको अंक २५ नै थियो । त्यस्तै कम भ्रष्टचारमा कम अंक पाउने अर्को क्षेत्र हो सार्वजनिक पदको दुरुपयोग क्षेत्रमा बर्टेल्सम्यान फाउण्डेसनले यो क्षेत्रमा गरेको अध्ययनको आधारमा नेपालले २५ अंक मात्रै पाएको छ । गत वर्ष पनि यो अंक २५ नै रहेको थियो ।

वर्ल्ड जर्नालिस्ट प्रोजेक्टले गरेको अध्ययनको आधारमा सरकार, न्यायलय संसद र सुरक्षा निकायका प्रतिनिधिले निजी स्वार्थको लागि पदको दुरुपयोग पनि बढी गर्ने गरेको देखिएको छ । यस क्षेत्रमा कम गर्ने कम भ्रष्टचार अंकमा नेपालले ३२ अंक मात्रै पाएको छ । सन् २०१७ को तुलनामा यो अंक पनि परिवर्तन भएको छैन । त्यस्तै वर्ल्ड इकोनोमिक फोरमले आयात, निर्यात, करको भुक्तानी तथा सार्वजनिक क्षेत्रमा सेवा लिदा दिनु पर्ने घुसका विषयमा गरेको अध्ययनले पनि बढी घूस दिनु पर्ने देखाएको छ ।

१०० अंक अति स्वच्छ मानिएकोमा यो क्षेत्रमा नेपालले ३३ अंक मात्रै प्राप्त गरेको छ । यो क्षेत्रमा भने सन् २०१७ को तुलनामा भ्रष्टाचार बढेको देखिन्छ । गत वर्ष यस्तो अंक ३४ रहेको थियो । त्यस्तै ग्लोवल इन्साइटले व्यापार व्यवसाय र ठेक्का पट्टाका विषयमा अध्ययन गरेका छन् । यस क्षेत्रमा नेपालले अति स्वच्छ कारोकारबारको हिसावले ३५ अंक र बढी घुसको हिसावले ६५ अंक प्राप्त गरेको छ।

गत वर्ष पनि यो अंक ३५ नै रहेको थियो। त्यस्तै नेपालको बहुराष्ट्रिय दातृ निकाय विश्‍व बैंकले गरेको अध्ययनमा नेपालले ३५ अंक प्राप्त गरेको छ । उसले राज्यले गरेको कामको विषयमा जानकारीको पहुँच र सरकारद्धारा सार्वजनिक क्षेत्रका पदाधिकरीको निगरानीको विषयमा अध्ययन गरेको थियो । यो क्षेत्रमा पनि गत वर्षको भन्दा सुधार हुन सकेको छैन ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्