Logo
१३ बैशाख २०८१, बिहीबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका नेता कार्यकर्ता पुगे धनगढी, सरकारबिरुद्ध तरुणदलले गर्यो विरोध प्रदर्शन

कैलाली : सोमबार नेपाल तरुण दलले धनगढीमा सरकारविरुद्ध बिरोध प्रदर्शन गरेको छ । सरकारले बढ्दो महंगी, भ्रस्टाचार र शान्ती सुरक्षा कायम गर्न नसकेको भन्दै त्यसको बिरोधमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोध र्‍यालीमा सहभागीहरुले डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाएका थिए ।

जुलुस पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

बिरोध जुलुसमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट तरूणदल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता धनगढी पुगेका थिए ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्