Logo
१३ बैशाख २०८१, बिहीबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किबी खेतीमा कृषकको बढ्दो आकर्षण

म्याग्दी :  व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका-३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ ।

केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय-३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिए।

छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि १४५ सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट प्रतिबिरुवा रु ११० मा ४ सय र निजी नर्सरीबाट रु ३५० का दरले ४१५ गरी कुल ८१५ बिरुवा खरीद गरिएको थियो ।

सङ्घीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले किबीखेती विस्तारका लागि रु ३ लाख बजेट विनियोजन गरेको थियो । लहरा प्रजातीको किबी समुद्री सतहदेखि एक हजार २०० देखि  २ हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिन्छ ।

व्यावसायिक महत्व बुझ्नुका साथै आम्दानीको राम्रो सम्भावना भएकाले किबी खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ । बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किबी प्रतिकिलो रु  ४ सयका दरले बिक्री हुने गरेको छ । स्वादिलो, धेरै पौष्टिक तत्ब पाइने र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्