Logo
८ बैशाख २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरिदै प्रहरी नियमावली : ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधि मात्र कायम

काठमाडौं : गृहमन्त्रालयले गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा नेपाल प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनेको छ।

गृह मन्त्रालयले प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आकार उमेरहद र पदावधि मात्र कायम गर्न लागेको हो ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विषयमा छलफल हुनुपर्छ’, ‘सरकारले आवश्यक ठानेका वेला ५८ वर्ष उमेरहद नकाट्नेगरी सेवा अवधि कायम गर्नेगरी ऐन बनायन लागिएको हो’, स्रोतले भन्यो।

नेपाल प्रहरीको संघीय ऐन मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ। त्यहाँबाट मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हद मात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानाएको छ ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्