Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ १५ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक : सरकारी विद्यालयका विद्यार्थीहरुले निशुल्क प्रवेश पाउने

काठमाडौँ : सूचना प्रविधिको महामेला क्‍या इन्फोटेक २०१९ को तयारी पूरा भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघले जानकारी दिएको छ । बिहीबार महासंघले पत्रकार सम्‍मेलन गरेर मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

महासंघका महासचिव रञ्‍जित पोदारले आयोजित पत्रकार सम्‍मेलनमा भने, ‘सधै झै यस पटक पनि कम्प्युटर एसोसिएसन नेपाल महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)को सम्पूर्ण तयारी पूरा भएको छ ।

भृकुटीमण्डपमा आयोजना हुन लागेको उक्त मेलमा क्यानका सदस्यका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहन्छ।साथै प्रविधिमा विकास भएका नयाँ नयाँ अन्वेषणहरु अवलोकनको अवसर प्रदान गरेका छौ ।’

उनका अनुसार माघ १५ देखि २० सम्म चल्ने इन्फोटेकमा रोबोटिक्स जोनमा रोबोट ब्याटल प्रतिस्पर्धा गराइनेछ भने प्रतिस्पर्धामा प्रथम र द्धितीय हुने टिमलाई नगद पुरस्कार दिइनेछ। यसका साथै मेलामा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्रविधिले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिने छन् ।

यस्तै क्‍यान इन्फोटेको टाइटल स्पोन्सर रहेको सुबिसु केवल नेटले इन्टरनेको प्‍याकेजमा नयाँ स्किम लिएर आएको सुविसुका प्रबन्ध निर्देशक सुधीर पराजुलीले बताए । उनले भने, ‘अवलोकनकर्तालाई यन्टरनेटको नयाँ–नयाँ स्किमबारे मेलामै जानकारी दिन्छौ। हामी इन्टरनेट हाइस्पीड, केवल टीभी र आकर्षक योजना ल्‍याउँदैछौ ‘

ईसेवाबाट टिकट काटेबापत मेला अवलोकनकर्तालाई विदेश भ्रमर्णदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर उपलब्‍ध हुनेछ।जसबापत इन्डोनेसियाको बाली र थाइल्याडको बैंकक भ्रमणका लागि दई जोडीले दुई रातका लागि खानेबस्ने र जाने–आउने टिकट पाउने छन् ।

त्यस्तै दैनिक पुरस्कार अन्तर्यत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशुलीमा र्‍याफ्टिङ्, पोखरामा बन्जी जम्प अथवा जिपफ्लायर र केजीइच ग्रुप अफ होटलहरुमा हरेक दिन एक जोडीलाई रात बस्ने सुपिधा प्रदान गरिनेछ।

सो बाहेक हरेक दिन पाँच जनालाई दुई हनार बराबरको सपिङ भौचर प्रदान गरिनेछ। त्यस्तै ६० जनालाई दुई सय बराबरको फुड भौचर र मेलाका सहभागिमध्ये ६ जनाले प्रत्येक दिन फिल्म टिकट पाउनेछन् तर यो सेवाका लागि अवलोकनकर्ताले सीएएन टाएप गरी ३२१२१ मा पठाउनुपर्नेछ।

अनलाइन टिकेटिङ ईसेवाको वेबसाइड इभेन्ट डट ईसेवा डट कम बाट १० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । साथै खल्तीको एप प्रयोग गरेर पनि १० प्रतिशत छुट दिइनेछ ।

क्यान मेलामा एनसेलको पनि आकर्षक स्टल रहनेछ । स्टलबाट अपलोकनकर्ताले आफ्नो थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन पनि सकिन्छ । त्यस्तै एनसेलको चर्चित एनसेल एपको बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट एप डाउनलोड पनि गर्न सकिन्छ ।

मेलामा प्रो लिङ्कले नयाँ-नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर र 4G मोडेल लगायत सार्वजनिक गर्ने तयारी गरेको छ। टेक्नोस, डेल, लेनेभो, टिपी लिङ्क, एमएसआइ, बेनक्यू, हिक भिजन, क्यानन्,डाभा र टेन्डा ब्राण्डहरुले नयाँ प्रडक्ट ल्‍याउने छन्।

यतिमात्रै नभएर विकासका पूर्वाधारहरु स्वास्थ्‍य, शिक्षा, कृषिलगायतमा विकास गरिएका नयाँ प्रविधिको अनुभव समेत गर्न पाइने क्‍यानकी उपाध्‍यक्ष सुनैनाले पाण्डे घिमिरेले बताइन् ।

उनले भनिन्, ‘नेपाल कृषि प्रधान देश भएकाले नेपाली किसानका लागि उपयोगी हुने प्रविधिको समेत प्रदर्शनीमा देखाउने छौ । साथै विरुवामा लाग्‍ने रोग, मेडिकल क्षेत्रमा उपयोग हुने प्रविधिको प्रयोग र उपयोगको बारेमा जानकारी दिनेछौ।’

यस्तै मेलाको स्थल र स्टलको २ करोड रुपैया बराबरको बीमा प्रभू बै‌कले गरिदिनेछ भने प्रत्‍येक स्टललाई पाँचवटा वीमा पोलिसी प्रदान गर्ने छ ।

यस्तै मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयका विद्यार्थीहरुले विद्यालयको पत्र लिएर आए निशुल्क प्रवेश पाउनेछन् । मेलामा सर्वसाधारणका लागि सय रुपैँया र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । तर बिजनेश डेका दिन भने सबैलाई सय रुपैयाँ नै तिर्नु पर्ने हुन्छ ।

 

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्