Logo
७ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तारा र चन्द्रमासँगै अब आकासमा विज्ञापन पनि, दिनमा ३ देखि ४ पटक सम्म देखिने

एजेन्सी : रातको आकास हेर्दा तारा र चन्द्रमासँगै अब विभिन्न ब्राण्डका विज्ञापनहरु पनि देख्न सकिने भएको छ ।  यसको लागि स्टार्ट-रकेट नामक एक रुसी कम्पनीले नयाँ योजना ल्याएको छ ।

यस योजनालाई मुर्तरुप दिन रकेटबाट स–साना भूउपग्रहहरु अन्तरीक्ष पठाइनेछ । तिनले सूर्यको प्रकाश परावर्तन गराएर रातको समयमा आकाशमा ब्राण्डका शब्द अथवा लोगोको आकृतिमा चम्किनेछ । कम्पनीका अनुसार सन् २०२१ सम्म पहिलो विज्ञापन पठानेछ । यी विज्ञापनलाई एकै पटक पृथ्वीका अर्बौ मानिसहरुले हेर्न सक्छन् ।

काम यसरी बढ्दैछ अगाडी – विज्ञापनको लागि एक साथ कयैन भूउपग्रहमा शब्दहरु र लोगोका श्रृखंलाहरु पठाइन्छ । प्रत्येक भू-उपग्रहमा ३० फुट चौडा प्रतिबिम्ब सेल जोडिनेछ जसले सूर्यको प्रकाशलाई पृथ्वीतर्फ प्रतिबिम्बित गर्नेछ । यी भू-उपग्रहहरु पृथ्वीको तल्लो कक्ष अर्थात पृथ्वीको सतहबाट ४८० किमीको उचाईमा तैरिरहन्छ ।

सन् २०२० बाट सुरु हुनेछ परीक्षण – कम्पनीका अनुसार पहिलो प्रोटोटाइप विज्ञापन अर्को वर्षसम्म प्रक्षेपण गर्न सकिनेछ । सफलतापूर्वक परीक्षणपछि लगभग ५० वर्ग किमी आकारको विज्ञापन पठाइनेछ । यो दिनमा तीनदेखि चार पटक र एक पटकमा छ मिनेटसम्म आकाशमा देखिनेछ ।

नसुझ्लिएको प्रश्नहरु – स्टार्ट–रकेटले हालै यो परियोजनाको अवधारणा समेटको भिडियो जारी गर्यो । तर अवधारणामा विज्ञापनहरुको लागी कुन खालको रकेटको प्रयोग हुनेछ रु अन्तर्राष्ट्रिय विज्ञापन नियामकले यस परियोजनालाई अनुमति दिन्छ रु र यो विज्ञापनहरुका लागि कति पैसा आवश्यक पर्छ रु आदी बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

इलन मस्कबाट प्रेरणा – म्पनीका सीईओ भ्लादिमिर सितनिकोवले इलन मस्कको स्पेस–एक्सबाट आफूलाई प्रेरणा मिलेको र रकेट ल्याबको डिस्को बाल प्रोजेक्टपछि आफूले अन्तरीक्षमा बिलबोर्ड विज्ञापन लगाउने फैसला गरेको बताएका छन् ।

सितनिकोवले यो परियोजनाले संसारलाई विज्ञापनको सबैभन्दा अनौठो माध्यम प्रदान गर्ने दावी गरे ।

 

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्