Logo
७ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारमाथि दुब्र्यवहार : बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति

काठमाडौं : बुधबार फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको क्रममा पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।

संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्युज हलका कर्मचारीेले पत्रकारमाथि गरेको दुब्र्यवहारप्रति चलचित्र पत्रकार संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञाप्तिमा अगाडि भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’

नेपाली फिल्मको सबैभन्दा धेरै कार्यक्रम हुने यो हलमा पत्रकारहरुमाथि यसअघि पनि हलका कर्मचारीले दुव्र्यवहार गर्दै आएका थिए । बुधबार पत्रकार कुटिँदा पनि कार्यक्रम आयोजक शुभ लभ फिल्म युनिट र चलचित्र भवन मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ । संघले चलचित्र पत्रकारलाई क्यूज चलचित्र भवनमा रिपोर्टिङमा जाँदा पत्रकार असुरक्षित हुने ठहर गर्दै आफ्ना सदस्यलाई सजक रहन सचेत गराएको छ ।

‘शुभ लभ’ युनिटबाट आपत्ति – समाचार रिपोर्टिङका क्रममा आएका पत्रकारमाथि क्युज हलले कुटपिट गरेको बिषयमा ‘शुभ लभ’ फिल्मले समेत आपत्ति प्रकट गरेको छ । फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले आफ्नो फेसबुकमा उक्त घटनाको बिषय लेखेका छन् ‘ हिजो क्युज सिनेमाजमा हाम्रो शुभ लभको गीत सार्वजनिक गर्ने कार्यक्रममा क्युज सिनेमाजका कर्मचारीहरूबाट पत्रकार मित्रहरूमा भएको दुव्र्यवहार प्रति गम्भीर खेद छ । हाम्रो कार्यक्रममा भएको घटना प्रति हार्दिक क्षमा चाहान्छौ ।’

क्यूज हलले माग्यो माफी – बुधबार पत्रकार कुटिएको घटनाप्रति क्यूज सिनेमा हलले पनि माफी मागेको छ । क्यूज सिनेमाका प्रवन्धक राकेश श्रेष्ठले हस्तलिखित एक विज्ञप्ति जारी गर्दै क्षमा मागेको छ ।

 

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्