Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक मिडिया प्रदर्शनी, सूचनासँग सम्बन्धि संघसंस्थाहरु एउटै छानामुनी

काठमाडौं : आयोजक संस्था एकेडमी अफ मिडिया एण्ड ईभेन्ट म्यानेज्मेन्टले काठमाडौंको भृकुटीमण्डपमा मिडिया प्रदर्शनी गर्ने भएको छ । आयोजक संस्थाले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी अप्रिल १२, १३ र १४ मा मिडिया प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।

ईभेन्ट प्रमुख डम्बर शाहले नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदशनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र विस्तारको लागि एक खुडकिलो हुने बताए । उनले प्रदर्शनीले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम तथा ठूला गरी सरकारी, गैरसरकारी तथा नीजि लगानीबाट संचालित, प्रसारित र प्रकासित सबै किसिमका सूचनासम्बन्धि कम्पनी र संघसंस्थाहरु एउटै छानामुनी आउने विस्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनीमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुले सहकार्य गरेका छन । जसअन्तर्गत नेपाल पत्रकार महासंघ, सामुदायीक रेडियो प्रसारक नेपाल संघ, नेपाल केबुल टिलिभिजन महासंघ, नेपाल विज्ञापन संघको सहकार्य रहनेछ ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सि।ई।ओ क्लब लगायतको सहकार्य र सपोर्ट रहने आयोजकले बताएको छ । आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ-संस्थाहरुले सहभागीता जनाउने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा करिब ४५ हजार दर्शकहरुले अवलोकन गर्ने आशा आयोजनको छ ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्