Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशा लघुवित्तको आईपीओ १८ गतेदेखि, १० कित्ता पनि आवेदन गर्न पाइने 

 काठमाडौं : प्रभु ग्रुप अन्तर्गत सञ्चालित नुवाकोटको ककनी मुख्य कार्यालय भएको आशा लघुवित्तको आईपीओ यही माघ १८ गतेदेखि खुल्ने भएको छ ।

आशा लघुवित्तले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ । बिक्री गर्न लागेको साधारण शेयरमध्ये १०३७० कित्ता कर्मचारीलाई र ३३७०० कित्ता म्युचुअल फण्डलार्इ छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिने बताइएको छ ।

उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ । सामान्यत: अन्य कम्पनीले न्यूनतम ५० कित्ता अावेदन गर्नुपर्ने प्रावधान राख्ने गरेकाेमा अाशाले भने १० कित्ता नै न्यूनतम अावेदन कित्ता कायम गरेकाे हाे । बढीमा भने ३३७० कित्ता आवेदन गर्न सकिन्छ । यद्यपि लघुवित्तको शेयरमा सबैको आकर्षण हुने र बढीमा ६३ हजारले मात्र शेयर पाउने भएकोले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्