Logo
७ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विगतको योगदानको हिसाबकिताब हेरेर हाम्रो पक्षमा मतदान हुनेछ : राजपा, विद्यार्थी नेता झा

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु भएको छ । प्रदेश २ केन्द्रित राष्ट्रिय राजनीतिक पार्टी राजपा विद्यार्थी संगठनले पनि यसबारे तयारीमा तिब्रता दिएको छ । राजधानी जनकपुरमा भने स्वीयु निर्वाचनको गढ राराब क्याम्पसलाई मानिएको छ । के छ त राजपा विद्यार्थीहरुको तयारी ? प्रस्तुत छ, यसै बिषयमा केन्द्रित रहि नागरिक टाइम्सका लागि पत्रकार राजकमल सिंहले विद्यार्थी नेता प्रसान्त झासंग गरेको कुराकानीको सम्पादित अंश :

राराबको स्ववियु निर्वाचनमा राजपा निकट विद्यार्थीले चुनावको तयारी कसरी गर्दै छ ?

लामो समय देखि राराबमा स्ववियुको निर्वाचन नभएको अवस्थामा निर्वाचनको मिति तय भएको छ । राजपा निकट विद्यार्थी संगठन कलेजमा विद्यार्थी माझ होमिएको छ । आफ्ना रोडम्याप प्रस्तुत गरिरहेका छन् ।

राराबको स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारीमा तपाईंको नाम पनि चर्चामा छ, के भन्नुहुन्छ ?

हामी लोकतान्त्रिक दलका विद्यार्थी संगठन भएकाले कुनै व्यक्तिले भनेर उम्मेदवार बन्दैन । हामी साथीहरू बीच छलफल गर्छौं । सामुहिक निर्णय द्वारा मेरो नाम अगाडि सार्नु भयो भने हामी निश्चयनै उम्मेदवारी दिन्छौं र चुनाव पनि जित्छौं ।

राराबका विद्यार्थीले तपाईंलाई भोट् गर्नुपर्ने आधार के?

वास्तवमा भने हो भने राजपा निकट विद्यार्थीको जन्म उतिबेला भएको हो जतिबेला मधेसी समुदाय बराबरीको अधिकारको लागि लड्दै थिए । हाम्रो जन्म सबै किसिमको विभेद अन्त्य र समस्या समाधानका लागि भए छ । मलाई लाग्छ राराब विद्यार्थी साथीहरू पुरा सुझबुझका साथ आफ्ना मतको प्रयोग गरिनेछ । उनीहरूको समस्याको लगि लड्ने को हो पहिचान गरिसकेको छ
मधेसका लागि जीवन समर्पित गरिसकेका युवालाई मौका दिन्छ भने बिश्वास छ।

चुनाव जित्ने सम्भावना कति छ र प्रतिस्पर्धा कुन संगठन सँग हुन्छ?

हेर्नुस् मान्छेको विगतको मेहनत भविष्य निर्धारण गर्छन् । राजपा नेपालका विद्यार्थी संगठनको विगतको पृष्ठभुमि उस्तै छ,विद्यार्थीको अधिकारको लागि होस् वा सम्पुर्ण मधेसी समुदायको अधिकार प्राप्तिको लडाइँमा अहम् भुमिका निर्वाह गरेको छ, त्यसैले विगतको हिसाबकिताब हेरेर विद्यार्थी साथीहरू हाम्रो पक्षमा मतदान गर्नेछ र अर्को कुरा चुनावमा प्रतिस्पर्धा अवश्य हुन्छ कलेजमा पनि प्रतिस्पर्धी हुन्छ नै तर जितेको सम्भावना बलियो छ ।

कुनै वेला राराब कलेज शिक्षाको केन्द्र बिन्दु रहेको थियो,अहिले राराबको शैक्षिक स्तर निकै कम्जोर देखिएको छ किन?

हो मधेस आन्दोलनको यता वास्तवमा राराब कलेजमा पढाइको स्तर खस्किएको छ । त्यसमा शिक्षको गैरजिम्मेवारपन र विद्यार्थी को मौनतानै मुख्य कमजोरी देखिएको छ । अभिभावकहरु विद्यार्थी भर्ना गराए सकेपछि आफ्ना विद्यार्थी कसरी पढाई गरिरहे छ त्यसको निगरानी गर्दैन । त्यो पनि एउटा कमजोरी देखिएको छ । राराब कलेज पुनः पहिलेकै अवस्थामा फर्काउन हामीले साझा दायित्व बुझी विशेष पहल गरिनुपर्छ ।

कलेजमा शिक्षकहरूले हाजिरी मात्रै गरेरै जागिर जोगाएका छन्, यस्ता विकृति रोक्न कस्तो उपाय अपनाउनु पर्छ ?

घोडालाई नियन्त्रण गर्न लगामको आवस्यकता पर्छ,त्यस्तै हाजिर गरेर जागिर जोगाउने प्राध्यापकलाई दबाब दिने समुहको आवश्यकता पर्छ । त्यही समुह भएनन् । करिब दस वर्षपछि राराब मा चुनाव हुन् गइरहेको छ । विद्यार्थीले एउटा नेतृत्व पाउछ । त्यो नेतृत्वले विद्यार्थी समस्या समाधान हुन्छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा राराब विद्यार्थी भाइबहिनीहारु अनुरोध गर्न चाहन्छु । तपाईहरु आउँदो चुनाव कुशल र सक्षम उमेदवारलाई मतदान गर्नुस् । तपाईंको हरेक समस्याको लड्न तयार रहन्छ । राराब क्याम्पस सुधारका लागि यस चुनावमा राजपाको बिद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ प्यानल सहित बिजय हुन्छ । बिद्यार्थीले हाम्रो संगठनलाई निकै रुचाएका छन् । त्यसै अनुरूप हामी अगाडि बढी रहेकाछौं । हाम्रो जित सुनिश्चित छ ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्