Logo
७ बैशाख २०८१, शुक्रबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रविधिमैत्री बन्दै खाँदबारी नगरपालिका : जनप्रतिनिधिलाई कम्प्युटर तालिम

संखुवासभा : खाँदबारी नगरपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षता लागि १ महिने दिने आइटी तालिम दिन थालिएको छ । कम्प्युटर तालिम लिन नगर प्रमुख र उपप्रमुखसमेत उपस्थित हुने गरेका छन् ।

प्रविधिमैत्री बनाउन नगरपालिकाले वडाका अध्यक्ष र कार्यपालिका सदस्यलाई १ महिने तालिम सञ्‍चालन गरेको हो । व्यावहारिक मात्र नभई प्रविधिसम्बन्धी ज्ञानमा सक्षम बनाउन जनप्रतिनिधिलाई कम्प्युटर तालिम दिइएको खाँदबारी नगरपालिका जानकारी दिएको छ ।

नेपालमा सूचना प्रविधिको विकास भइसक्दा पनि प्रविधिको ज्ञान सिप नभएकाले जनप्रतिनिधिलाई कम्प्युटर तालिम दिन थालिएको नगरपालिकाले जनाएको छ । प्रविधिको बारेमा अनविज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इमेल, इन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन नगरपालिकाले ११ वटै वडाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्य गरी २१ जनालाई तालिममा सहभागी गराइएको नगर कार्यपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्