Logo
१५ चैत्र २०८०, बिहीबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिवकालागि आवश्यक पर्ने लुगा-कपडाको व्यवस्थापन गर्न प्रदेश २ मा खुल्यो कार्यालय

जनकपुरधाम :  प्रदेश २ मा क्लोथ बैंक धनुषाको कार्यालय विधिवतरुपमा आजदेखि सञ्चालनमा आएको छ । धनुषा जिल्लासहित आवयश्क परेको क्षेत्रका गरिव, विपन्नका साथै प्राकृतिक प्रकोप, घटना दुर्घटनाका प्रभावितहरुलाई आवश्यक लुगाको व्यवस्थापनका लागि क्लोथ बैंक स्थापना गरिएको हो ।

क्लोथ बैंक धनुषाको कार्यालय तत्कालका लागि जिल्ला समन्वय समिति धनुषाको कार्यालयमा सञ्चालनमा आएको अध्यक्ष राजीव झाले मधेशवाणीलाई बताएका छन् ।

अध्यक्ष झाका अनुसार समितिले प्रयोगविहीन रहेको एक कोठा बैंकको कार्यालय प्रयोजनका लागि सहयोग गरेको छ ।

कार्यालय उद्घाटन र सम्मान कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल, जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादव सहितकाले बैंकको कार्यालयको बोर्ड पढेर उद्घाटन गरेका छन् ।

साथै समारोहका बीच न्यानो कम्बलसहित बैंकलाई लुगा सहयोग गर्ने मित्र धनुषा, वृहतर जनकपुर क्षेत्र विकास परिषद् र शिवचौकस्थित दिपेन्द्र इम्पिोरियमलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष झाले बैंकको अहिलेसम्मको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । क्लोथ बैंकको अवधारणा परोपकारी कामका लागि भएकाले तत्काल शंका गर्नुभन्दा सहयोग गर्न सहभागीहरुले सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, पत्रकार कैलाश दास, दिपक कर्ण लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्