Logo
८ बैशाख २०८१, शनिबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रतिपक्षी नेता राजिब कोइरालाले देवानगञ्ज सहित सुनसरी २ (ख) मा बाँडे २ करोड

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सांसद तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजिब कोइरालाले आफ्नो क्षेत्रमा पूर्वाधार बिकास कार्यक्रमको बजेट बिनियोजित गरेका छन् । निर्वाचन क्षेत्रको पूर्वाधार बिकासमा टेवा पु¥याउने उद्देश्य अनुरुप प्रदेश सरकारले विनियोजित ऐनमा व्यवस्था गरेबमोजिम स्थानीय पूर्वाधार बिकास कार्यक्रम आर्थिक वर्ष २०७५.०७६का लागि २ करोड बजेट बिनियोजन गरेका हुन् ।

स्थानीय तहको माग, आवश्यकता , निर्वाचन क्षेत्र भित्रको प्राथमिकता र समानुपातिक बिकासको अवधारणा अनुरुप प्रदेश सरकार, मन्त्रि परिषद्को कार्यविधी ऐन, २०७५ को दफा ३ ले दिएको अधिकारले निर्दिष्ट गरेको नियमको अधिनमा रही प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम तय गरिएको सुनसरी निर्वाचन क्षेत्र नम्वर २ (ख) का सांसद राजिब कोइरालाले जानकारी दिए । कोइरालाले आफ्नो निर्वाचन क्षेत्र नम्बर सुनसरी २ (ख) अन्तरगतको रामधुनी, इनरुवा, देवानगञ्जका वडाहरुमा १६ वटा योजनाका नाममा पूर्वाधार बिकास कार्यक्रमको बजेट बिनियोजन गरेका छन् ।

जस अन्र्तगत रामधुनी नपा वडा नं १ को सुनसरी मोरङ सिचाई आयोजना अन्र्तगत पर्ने एक तर्फको झुम्का बजारको पक्की पुलको पूर्वी बाटोमा चार फिटको फलामे पुल निर्माणकालागि २० लाख र रामधुनी सिनुवारी टोलको पश्चिम पटीको कुवा र इनार संरक्षणका लागि ५ लाख बिनियोजन गरिएको छ । त्यसैगरी रामधुनीकै वडा नम्वर २ माथिलो काली झोराबाट कुम्याही जाने नहरको कल्भर्टबाट तल्लो काली झोरा चोक सम्मको बाटो ग्राभेल गरी चौडा गर्न १० लाख र वडा नम्वर ८ हरिहर पञ्चायन मन्दिर भौतिक निर्माणकालागि ५ लाख रकम छुट्याइएको छ ।

रामधुनी नपा वडा नम्वर ८ शिधेश्वर शिव मन्दिर भौतिक निर्माणकालागि ३ लाख र इनरुवा नपा वडा १ मा रहेको जिम खाना मेटाडोर डायमण्डकालागि २ लाख बिनियोजन गरिएको छ । त्यसैगरी रामधुनी नपा वडा नम्वर ९ को रामजानकी मन्दिर छप्की पोखरी निर्माणका नाममा ५ लाख र शनिचरे माबि डुम्राहाकालागि ५ लाख रकम बिनियोजन गरिएको छ ।

त्यसैगरी इनरुवा नपा वडा नम्वर १ मा रहेको सत्यनारायण मन्दिर भौतिक निर्माण कार्यकालागि ५ लाख र महादेव गुठी बालेश्वर शिव मन्दिर सेवा समितिलाई ५ लाख बिनियोजन गरिएको छ । यसैगरी इनरुवाको राधा कृष्ण मन्दिरको कमपाउण्ड वाल घेराबेराकालागि ५ लाख र मगर टोलमा रहेको बुढासुब्बा थान निर्माणकालागि ५ लाख रकम छुट्याइएको छ ।

यस्तै इनरुवा ५ बलाहामा रहेको सनातन सांस्कृतिक पाठशाला निर्माणकालागि ५ लाख र शारदा उच्च माबिको भौतिक निर्माणकालागि १० लाख रकम बिनियोजन गरिएको छ । त्यसैगरी इनरुवा ६ को ओम शिवालय मन्दिर निर्माणकालागि ५ लाख र ओशो तमोभूमि ध्यान केन्द्रकालागि ५ लाख बिनियोजन गरिएको छ ।

यस्तै भगवती माबिकालागि ५ लाख र राजाजी रामजीकालािग ५ लाख छुट्याइएको छ । बबिया पोखरी शिव मन्दिर भौतिक पूर्वाधारकालागि ५ लाख र राधाकृष्ण मन्दिर निर्माणकालागि ५ लाख बिनियोजन भएको छ । यसैगरी जल्पापुर इदगाह घेराबेराकालागि १० लाख र गौतमपुरको कृषि बाटोकालागि ५ लाख बिनियोजन गरिएको छ ।

यस्तै देवानगञ्जमा वीपी कोइराला प्रतिष्ठान निर्माणकालागि २५ लाख र रामजानकी मन्दिर भौतिक निर्माणकालागि ५ लाख बिनियोजन गरिएको छ । त्यसैगरी देवानगञ्जको साहेबगञ्जमा रहेको दुर्गा मन्दिर निर्माणकालागि ५ लाख र नवदुर्गा मन्दिरकालागि ५ लाख रकम बिनियोजन गरिएको सांसद कोइरालाले बताए ।

यसैगरी कपतानगञ्जमा रहेको कब्रस्थान घेराबेराकालागि ५ लाख र नदीको बाँधकालागि ५ लाख बिनियोजन गरिएको छ । यस्तै इनरुवाको महिला तथा बिकास केन्द्र सीपकालागि ३ लाख र जितेन्द्र साह प्रतिष्ठानको लागि २ लाख, इनरुवामै जेसिस भवन निर्माणका ५ लाख र रामधुनी ९ मा रहेको मर्चैयाको नयाँ बाटो स्तरउन्नतीकालागि ५ लाख गरी जम्मा २ करोड रकम बिनियोजना गरिएको सुनसरी निर्वाचन क्षेत्र नम्वर २ ९ख०का प्रदेश सांसद राजिब कोइरालाले जानकारी दिए ।

ऐनले स्पष्ट तोके बमोजिम १६ वटा शिर्षकमा समावेश रहनेगरी सोसँग समबन्धित हुने स्थानीय तहका प्राथमिकता र आवश्यकताका योजनाहरु समेत सम्मिलित आयोजनाहरु प्रदेश निर्वाचन पूर्वाधार बिकास कार्यक्रमले समेटेको हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।
योजनाहरु छनौट गर्दा कम्तिमा ५ लाख र बढीमा एउटा ठुलो आयोजना २५ लाखको बिनियोजन भएको हुनु पर्ने हुन्छ । नेपाली कांग्रेस सुनसरीको पार्टी सभापति समेत रहेका सांसद कोइराला प्रदेश नम्वर १ का प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्