Logo
१३ बैशाख २०८१, बिहीबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा केसीको १६औं अनशन : स्वास्थ्य क्षेत्रका मुद्दा सँगसँगै घुसियो राजनीतिक मुद्दा

काठमाडौँ : १६औं अनशनसम्म आइपुग्दा डा. केसीको माग सम्बोधन हुनुपर्छ भन्ने पक्षमा धेरैको सङ्ख्या थियो । नेपालमा स्वास्थ्य क्षेत्रमा पहिलो पटक डाक्टर नै अनशनमा बसेको देखेर धेरैले अचम्म पनि मान्थे । स्वास्थ्य क्षेत्रको एकजना आग्रज स्वास्थ्य क्षेत्रमै आम सर्वसाधारणको हित हुने गरी सुधारको माग राख्दै अनशन बस्न थालेपछि देशभरका स्वास्थ्यकर्मीहरूको समर्थन भयो ।

तर १६औं अनशनसम्म आइपुग्दा गोविन्द केसीको मागमा स्वास्थ्य क्षेत्रका मुद्दा सँगसँगै राजनीतिक मुद्दा पनि घुसेका वा घुसाइएका छन् । प्राध्यापक र जीवनरक्षक चिकित्सकको भाषा शालीनताको सीमा नाघेर व्यक्ति केन्द्रित र नेता केन्द्रित हुँदै अराजक शब्दवर्षामा परिणत हुन थालेको छ ।

स्वास्थ्य क्षेत्रका जनपक्षीय मुद्दाहरू उठाउँदा हौसिएका डा. केसीले १६औँ अनशनमा आइपुग्दा मूल मुद्दासँग नितान्त असम्बन्धित र भिन्न ढङ्गले हल हुने दिशामा अघि बढिरहेको द्वन्द्वकालीन मुद्दालाई समेत छ्यासमिस पारेर उठाउन थालेका छन् ।

यसले गर्दा हिजोसम्म डा. केसीको माग र मुद्दालाई सकारात्मक रूपमा ग्रहण गर्दै उनलाई समर्थन गर्दै आइरहेकाहरूमा समेत नकारात्मक भावना विकसित हुँदै गएको देखिन्छ । यसबीच उनको अनशनको विरुद्धमा अनशन अर्थात केसीको मागको विरुद्धमा अनशन बस्नेहरू पनि निस्किन थालेका छन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्