Logo
६ बैशाख २०८१, बिहीबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार : आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।
विशेष गरी जलविद्युत् ५.१४, वित्त १.७५ र उत्पादन उपसमूह ९२.२९ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.४३, होटल १५, विकास बैंक २.८७, निर्जीवन बीमा ०.१९, अन्य २.३९, लघुवित्त १७.६० र जीवन बीमा ६७.६८ बिन्दुले बढेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले बढी कमाएका छन् । यस्तै कञ्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था तथा एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले बढी गुमाएका छन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्