Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुले पाएको तलबभत्ताबाट गरिदिए ५० जनाको स्वास्थ्य बिमा

पर्वत : आफूले पाएको सरकारी भत्ता रकमबाट म्याग्दीको रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले ५० जनाको स्वास्थ्य बिमा गरिदिएका छन् । सरकारी सेवा सुविधा बापत प्राप्त रकमबाट अक्षयकोष स्थापना गरी वडा नम्बर ५ को झिँ र वडा नम्बर ६ पाखापानीका आर्थिक अवस्था कमजोर र अपांगता भएका ५० जनाको स्वास्थ्य बिमा गरिदिएका हुन् ।

एउटा वडामा ५ जना आर्थिक अवस्था कमजोर भएका वा अपांगता भएका परिवारलाई छनोट गरी स्वास्थ्य बिमा गरिदिएको अध्यक्ष भण्डारीले बताए । ‘वडा अध्यक्षको पहलमा वडामा रहेका पाँच गरिब र अपांगता भएको परिवारकोे छनोट गरी बिमा गरिदिने हो,’ प्रक्रियाबारे अध्यक्ष भण्डारीले भने, ‘त्यो अभियानअन्तर्गत मैले ५० जनाको बिमा गरिदिएँ।

अबको केही दिनमा नै गाउँपालिकामा रहेका अन्य ६ वटा वडामा पनि बिमा गरिदिने छु।’ आर्थिक अवस्था कमजोर भएकै कारण नागरिकले उपचार नपाएर अल्पायुमा नै ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्य बिमा गरिदिने कार्य थालनी गरेको उनको भनाइ छ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्