Logo
१३ बैशाख २०८१, बिहीबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । मंगलबार बिहान १० बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेमा मानबहादुर विष्ट र गोमति विष्ट रहेका छन् । दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्