Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक दशकदेखि पराजित व्यहोर्दै कांग्रेस : भोपालबाट चुनाव लड्ने करीना कपुर, जीत निश्चित

राजनीति यस्तो एउटा खुल्ला मैदान हो, जहाँ जो पनि आएर बिना रोकतोक प्रवेश गर्न सक्छन् । त्याहा न कुनै योग्यता चाहिन्छ न त् कुनै अनुभव या त निश्चित उमेर । यतिबेला बलिउड अभिनेत्री करीना कपुर पनि राजनीतिमा प्रवेश गर्ने समाचारले चर्चा पाएको छ । करिनाले राजनीतिमा कदम राखिसकेकी भने छैनन् तर करीना मध्यप्रदेशको संसदीय क्षेत्र भोपालबाट चुनाव लड्ने तयारीमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

संचारमाध्यमका अनुसार दुई कांग्रेस नेता पार्षद योगेन्द्र सिंह चौहान उर्फ गुड्डू चौहान र अनस खानले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई एक पत्र लेखेर ३८ वर्षकी करीनालाइ भोपाल संसदीय क्षेत्रबाट चुनावमा टिकट दिन माग गरेका हुन् । १९८४ देखि अहिलेसम्म कांग्रेसले यो क्षेत्रमा चुनाव जित्न सकेको छैन् ।

भोपाल संसदीय क्षेत्र भाजपाको गढ मानिन्छ । १९८४ देखि लगातार यहाँ भाजपाले चुनाव जित्दै आएको छ । कांग्रेस यो क्षेत्रमा कब्जा जमाउन चाहन्छ । यही कारण पार्षद चौहानले सोमबार राहुल गान्धीलाई पत्र लेखेका हुन् । पत्रका आगामी लोकसभा निर्वाचन महत्वपूर्ण भएको र त्यसकालागि भोपाल संसदीय क्षेत्रमा करीना कपुरलाई उम्मेद्वार बनाउनपर्ने तर्क गरिएको छ ।

कांग्रेस नेता चौहानले पत्रमा कांग्रेसले भोपालमा जित हासिल गरेको एक दशक भन्दा बढी भइसकेको छ। त्यसकारण भोपालका पटौदी परिवारकी बुहारी करीना कपुर खानलाई भोपाल संसदीय क्षेत्रबाट टिकट दिनुपर्ने र्तक गरेका छन् । पत्रमा लेखिएको छ, ‘भोपाल लोकसभा सिटमा धेरै वर्षदेखि भाजपाको कब्जा छ । २०१९ को चुनाव निकै महत्वपूर्ण छ । यसकारण भोपाल लोकसभाकालागि करीना कपुर यसकालागि उपयुक्त प्रत्यासी साबित हुन्छिन् । यदि करिना कपुर चुनाव लडिन भने निश्चित रुपमा कांग्रेसको जीत हुन्छ ।’

उनीहरुले पूर्व नेता मंसुर अली खान पटौदीकी बुहारी हुनु पनि करीना कपुर र कांग्रेसको पक्षमा काम हुन्छ । पटौदी परिवारको भोपाल शहरसँग गहिरो सम्बन्ध छ । करीना भोपालका नवाब परिवारकी बुहारी हुन्।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्