Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुम्लामा हिमपात, तीन फिट जम्यो हिउँ, चिसोले घरबाट निस्कन समेत समस्या

सिमकोट : हुम्लालगायत उच्च हिमाली जिल्लामा सोमबार रातिदेखि हिमपात भएको छ । राति करिब २ बजेदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेशकुमार अधिकारी पोखरेलले बताए ।

सिमकोटमा हिउँ एक फिट जमे पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी गाउँमा भने ती फिटसम्म जमेको बताइएको छ। हिमपात पश्चिमी वायुका कारण भएको बताइएको हो ।

हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ । चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ । हुम्लाका दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

हिउँ परेको स्थानमा धाराका पानी जमेको छ । पानी जम्दा खानेपानीको समस्या भएको कैैलाश बोद्धि बोर्डिङ स्कुलका शिक्षक मिगुर लामाले बताए । हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडना हुने हवाइ सेवा समेत बन्द भएको छ ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्