Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उड्न लागेको जहाजका दुई पाइलटबीच कुटाकुट, जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए

नयाँदिल्ली : भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ । जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान ९६-ई२२६० का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो ।

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए ।

पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे । त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई-५२३ का पाइलटलाई बोलाएर यस जहाजलाई साढे चार घण्टापछि साँझ ६.४९ बजे बैंगलोर पठाए ।

इन्डिगो एयरलाइन्सको विमान लाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४ : ३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए ।

धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए । एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए । त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए ।

एयरपोर्ट सूत्रले भने पाइलटबीच झगडा नभएको दाबी गरेको छ । पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ । यात्रुका अनुसार पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएका थिए ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्