Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको गम्भीर ध्यानाकर्षणलाई व्यवास्था गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि कांग्रेसद्वारा अवरोध

काठमाडौं : सोमबारबो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई संसदमा प्रस्तुत गर्नमा अवरोध पुर्‍याएको छ । प्रतिनिधिसभाको आज दुई पटक बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पुर्‍याएको हो।

कांग्रेसले आफ्ना तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खोलिएका उपचार केन्द्रहरूलाई संघीय सरकार मातहत नलिएको भन्दै संसद अवरोध गरेको हो । उक्त विषयमा सभामुख कृष्णबहादुर महराले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदा पनि कांग्रेसले संसद अवरोध कायमै राखेको हो ।

सभामुख महराले राष्ट्रिय चिकित्सा शिक्षासँग सम्बन्धित विधेयक र प्रतिवेदनमाथि मात्रै छलफल हुने कार्यसूची जारी भएको जानकारी गराएका थिए । डा. गोविन्द केसी र प्रतिपक्षी दल कांग्रेससमेतले उठाएका विषय सम्बोधन गर्न आएको भनिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि सदनमा छलफल गर्न प्रस्तुत गर्ने प्रस्ताव राख्न नदिएको हो ।

उक्त प्रस्ताव आजै पारित गर्ने कार्यसूची रहेको थियो । सभामुख महराले कांग्रेसका सांसदहरूलाई बारम्बार सहयोगका लागि आग्रह गरेका थिए । कांग्रेसले उक्त आग्रह नमानेपछि सभामुख महराले भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्