Logo
८ बैशाख २०८१, शनिबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्थानी व्रत कथामा अधारित शाली नदीमा एक महिने धार्मिक मेला : हेर्नुहोस् ९ तस्विर

राजधानी काठमाडौं स्थित शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला सुरु भएको छ । बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।

श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामहणी पुत्रनवराज राजाले राज्य गरेको प्राचिन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । ग्रन्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मिक जनविश्वास रहेको छ ।

पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।

एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।

शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललितपुरको सातदोबाटो, काठमाडौ रत्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन पाउन सकिन्छ ।

यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिँडेर समेत पुग्न सकिन्छ ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्