Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. रेणुकाको दोस्रो उपन्यास ‘चिराक’ वजारमा

नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको डा.रेणुका ‘सोलु’को उपन्यास वजारमा आएको छ । शनिवार प्रज्ञा भवन कमलादीमा पुस्तकको विमोचन गरिएको हो । उक्त उपन्यास सुदुरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतीलाई चित्रण गरिएको छ ।

महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेका छन् । विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवार भित्रको महिला हिंसाको उजार्गर भएको टिप्पणी समेत गरेका थिए ।

पढाईमा समेत तेज उपन्यासकी मुल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाईमा चिराक बनेर उभिन्छीन् भन्ने सन्देश पुस्तकले दिन्छ । यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिक्ताले जगडीएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले वताए ।

यस्तै अर्का समालोचक प्रा.डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनु पर्ने बताए । त्यसका लागि साहित्यीक कृती मार्फत लेखकले न्याय गरेको उहाँको टिप्पणी छ ।
अर्की साहित्यकार मायाँ ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिडीसकेको बताए । पश्चीमेली भाषा संस्कृतीलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको बताए ।

लेखक ‘सोलु’ले उपन्यासमा साहित्यीक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढि प्रयोग गरिएको बताए ।

सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यस अघि उहाँको उपन्यास ‘भिरमह’ बजारमा आएको छ । ‘गुलाफ फूल्न खोज्दा’ आत्मसस्मरण, ‘अस्तीत्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार विपीका नारी पात्रमा निती चेतना’ समालोचना लगायत १२ वटा कृती प्रकाशित छन् ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्