Logo
१५ चैत्र २०८०, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ वा ‘मध्यमधेश प्रदेश’ हुनेछ : उपेन्द्र यादव

केन्द्र र प्रदेश दुवै सरकारमा सत्तासिन रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ वा मध्यमधेश प्रदेश हुने बताएका छन् ।

मिथिला वा अन्य नामबारे आफूलाई केहि थाह नभएको भन्दै मधेश प्रदेशकै लागी संयौं मधेशीले आहुती दिएको उनको तर्क रहेको छ । प्रदेश २ सरकारले नामांकन लागि सुझाव संकलन गरिरहेको बेला यादवको यस्तो तर्क आउको हो ।

सिरहाको लहानमा आयोजना गरिएको १२ औँ बलिदानी दिवसको कार्यक्रममा भाग लिने बेलामा उनले यस्तो बताएका हुन् । यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस-कम्युनिस्टले नपचाइरहेको आरोप पनि लगाए । ‘उनीहरुलाई संघीय प्रणाली टाउँकोमा लादेको महसुस भइरहेको छ,’ उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैन ।’

संविधानमा सबै वर्ग समुदायको चेहरा देख्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । संविधान संसोधन नभए संघर्षमा जाने उनले बताए । ‘धेरैले भन्ने गर्छ सरकारमा गयो, तर आफूहरु संविधान संशोधनकै लागि मत दिएको र सरकारमा गएका छौँ,’ उनले भने,‘मतले दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ, त्यसैले सरकारमा गएका छौँ।’

संघीयता भाड्ने षडयन्त्र भइरहेको उनको भनाइ छ । अहिले प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्तीका लागि संघर्ष गर्दै जाने उनले बताए । ‘प्रदेश सरकारसँग अधिकार, जनशक्ति र स्रोतसाधन सिमित छ, कसरी काम गर्छ ?,’ उनले भने,‘प्रदेशलाई अधिकार दिनुपर्छ, प्रदेश २ अगाडि बढेमात्रै संघीय गणतन्त्र संस्थागत हुन्छ ।’ सबैको आशा र भरोसा प्रदेश २ माथि रहेको उनले बताए ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्