Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिभरपुलको जितमा सलाहको दुई गोल

काठमाडौं : लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे । त्यस्तै रोबर्टो फिर्मिन्हो र साडियो मानेले एक–एक गोल गरे । यता, क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्स मेयरले गोल फर्काएका थिए ।

३४औं मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा चार गोल गर्दा क्रिष्टल प्यालेसलले दुई गोल फर्काउन सफल भयो ।

४६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा पु¥याएका थिए । त्यस्तै, ५३ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाएपनि ६५ औं मिनेटमा जेम्सले गोल गर्दै क्रिष्टल प्यालेसलाई २–२ गोलको बराबरी दिलाएका थिए ।

७५औं मिनेटमा सलाहले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मानेले गोल गर्दै लिभरपुललाई ४–२ को अग्रता दिलाए । तर अतिरिक्त समयकै अन्तिम मिनेटमा क्रिष्टल प्यालेसका मेयरले गोल गर्दै ४–३ गोलको स्थितिमा पु¥याएका थिए ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले जितपछि लिगमा २३ खेलबाट ६० अंक बनाएको छ । क्रिष्टल प्यालेसको भने २२ अंक रहेको छ ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्