Logo
६ बैशाख २०८१, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी सहिदको सम्झनामा देशभर दिप प्रज्वल (फोटा भिडियो फिचर)

मधेशी आन्दोलनको प्रथम सहिद रमेश महतोको सहादत दिनको समझनामा शनिवार देशभर बलिदानी दिवसको रुपमा मनाइएको छ । त्यस्तै प्रदेश २ सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा शनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । राजधानी काठमाण्डौ सहित मधेशका जिल्लाहरुमा यो दिवसलाई मनाइएको छ ।

त्यस्तै बिरगंजमा पनि मनाइएको छ ।

यसैबीच सिरहा जिल्लाका युवाहरूको साझा सामाजिक संगठन सिरहा युवा संजालले १२ औं बलिदानी दिवस मनाएको छ । मधेश विद्रोहका प्रथम सहिद रमेश महतोको सम्मानमा मनाइने बलिदानी दिवस संजालले मैनवत्ति प्रज्वलन गरेर मनाएको हो । संजालले शनिबार बेलुका सिरहाको गोलबजार गोलपार्कमा संजालसँग आवद्ध युवाहरूले सामूहिक रुपमा मैनवत्ति प्रज्वलन गरेर वीर सहिदहप्रति सम्मान अर्पण गरेका छन् ।

संजालका अध्यक्ष नागेश्वर रायको नेतृत्वमा भएको मैनवत्ति प्रज्वलन कार्यक्रममा सयौं युवाहरुको सहभागिता थियो । श्रद्धाञ्जली सभामा सहभागीहरुले सहिदको सम्मानमा १ मिनेट मौन धारण समेत गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष रायले मधेश आन्दोलनले मुलुकमा धेरै परिवर्तन ल्याएको बताउँदै मधेश विद्रोहले नै नेपालका सम्पूर्ण उत्पीडित जातजातिहरुलाई शासकको शासनबाट मुक्त गरी खुलेर बाँच्ने अधिकार प्रदान भएको बताए । उनले विभेद अझ कायम रहेको भन्दै यसका लागि अब युवाहरुले मैदानमा होमिनुपर्ने औल्याए ।

यसैगरी, संजालका संस्थापक आभाष सिंहले मधेश विद्रोहबाटै स्थापित मधेशवादी दलहरूले कुर्सीको मोहमा डुबेका कारण अझ सहिदहरुको सपना पूरा भइनसकेको भन्दै युवाहरुलाई बौद्धिक लडाईको लागि तयार रहन आग्रह गरे । संजालले सिरहामा समयसमयमा विभिन्न समाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको छ । त्यस्तै, बलिदानी दिवसमा रौतहट सदरमुकाम गौरको मधेशी क्रान्ति चौकमा मधेश पत्रकार महासंघ रौतहटको आयोजनामा दिप प्रज्वलन गर्दै मधेशी सहिदहरुलाई याद गरेको हो ।

कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख रामअशिस राय यादव, देवाही गोनाही नपा मेयर धमेन्द्र पटेल, गौर नपाका उप मेयर किरण ठाकुर, प्रवक्ता शेष जम्सैद, नेता रेवन्त झा, अनिल सिंह, श्यम विहारी यादव, ललित मल्लिक, मधेशी पत्रकार महासंघका उपाध्यक्ष रामपुकार राउत, मधेशी पत्रकार महासंघ रौतहटका अध्यक्ष दिनेश संगम, सचिव चंचल झा, कोषाध्यक्ष अजित कर्ण, अमित ठाकुर, पत्रकार संजय सहनी, रिपोर्टस कल्व रौतहटका अध्यक्ष अभिमन्यु पटेल, युवा नविन सिंह, ओमप्रकास साह मधेशीया, विद्यार्थी नेता धमेन्द्र यादव लगायत सयकडौ सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्