Logo
७ बैशाख २०८१, शुक्रबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्यक्ति एक विशेषता अनेक : तिक्ष्ण बुद्धि तथा स्वभावका सुरजसँग छ, आज निकै धेरै पढाई र सीप

प्रदेश नम्बर १ स्थित सुनसरीको दक्षिणीभेगको हेडक्वाटर अर्थात हरिनगरा बजार हाल हरिनगर गाउँपालीका वडा नं। ४ का एकदमै गरिब परिवारमा २०३६ सालमा जन्मेका इन्द्र नारायण साह (सुरज) अति तिक्ष्ण बुद्धि तथा स्वभावका थिए । उनका आमा बुवालाई एक छाक खान तथा एक सर्को लगाउने समेत राम्रो अवस्था थिएन । तर यस्तो दयनिय अवस्थामापनि इन्द्र नारायणले पढाईलाई भन्ने निरन्तरता दिए । साथै दैनिकचर्या कार्यलाई पनि उत्तिकै निरन्तरता दिए । चाहे भोकै होस वा जिउमा कपडा नहोस चाहे बिना चप्पलको खुट्टामै किन नहोस विद्यालय जान तथा पढाई गर्न कहिल्यै उनी पछि परेनन् ।

जसो तसो गरि २०५६ सालमा उनले हरिनगरा माविबाट एसएलसी पास गरे । त्यसपछि भने उनले शिक्षालाई निरन्तरता दिन सकेनन् । घरको स्थिति एकदमै दयनिय भएकाले आमा बुवा तथा आफू भन्दा कान्छी बहिनीको पालन पोषणमै उनको समय बित्न थाल्यो ।

त्यसपछि उनले ज्याला, मजदुरीगर्दे सिलाई कटाईको काम सिकेर हरिनगरा बजारमा आफ्नै एउटा सानो सिलाई कटाई पसल संचालन गरे । उनले संचालन गरेको साह टेर्लस उक्त बजारकै चर्चित टेलर रहेको थियो । तर उनको शिक्षाप्रतिको भने लगाव अझैपनि कम भएको थिएन । उनले पुनः सिलाई कटाई गर्दा गर्दै पनी उच्च शिक्षा हासिल गर्न तर्फ अग्रसर भए । त्यसपछि सिँलाई कटाईको पसल चलाउँदै आमा बुवा तथा बहिनीलाई समेत पालन पोषण गर्दै ११ र १२को पढाई रेगुलर पास गरे ।

सानैदेखि मेडिकल क्षेत्रमा लाग्ने सपना बोकेको तर आर्थिक दयनियका कारण सिलाई कटाई पेसामा लागेका इन्द्र नारायणले बिराटनगरको कोशी हेल्थ इन्सिटच्यूटमा अहेव पढ्न तर्फ अग्रसर भए । घरबाटै साईकिल पेलेर सधै करीब २० २२ किमीको दुरी आवतजावत गर्दै उनले कलेज टप ८५५ ल्याई अहेव पास गरे । त्यसपछि २०६५ सालमा कोशीको बांध फुटदा लोकही सुनसरी तिर एउटा प्रोजेक्टमा अहेव पदमा उनले जागिर समेत गरे । उनले घरबाटै सिँलाई कटाईको पसल समेत चलाउँदै दैनिक आफ्नो जागिर समेत भ्याउनै गरेका थिए ।

अव भने उनीसंग एउटा साईकलको ठाउँमा मोटरसाईकल भईसकेको छ । उनले त्यतिकैमा पनि संतुष्ट भने भएका छैनन् । उनले पुनः सुनसरी बहुमुखी क्यामपस इनरुवामा बिएडमा अध्ययणका लागि भर्ना भए । र तिन वर्षमा बिएडसमेत पास गरे । त्यसपछि उनी अस्थाई जागिरको कार्यकाल पुरा गर्दै बिएड पास गर्दै टेर्लस र क्लिनिक संचालन गरिरेका छन् ।

अहिले उनी टेलर्स र क्लिनिकसंगै बीचमा सुनसरी जिल्ला अदालतले खोलेको लेखापढी व्यवसायको प्रमाणपत्र समेत हासिल गरीसकेका छन् । योसंगै उनले बिराटनगरको नेश्नल ईन्सिटच्यूटबाट ल्याब समेत ९२ प्रतिशत ल्याएर कलेज टप गर्दै पास गर्नुभयो । त्यसपछी शैलजा आचार्य मल्टिपल कलेज सिसवनी जहादाबाट आयूर्वेदको समेत पढाई गरे ।

हाल उनी अन्नपूर्ण कलेज बिराटनगरमा स्नातकोतरको डिग्री एमएडमा अध्ययणरत छन् । साथै विभिन्न एनजिओ आइएनजिओ र सहकारीहरुमा आवद्ध रही सामाजिक सेवा समेत गरिरहेका छन् । त्यतीमात्र होइन अभिनायमा समेत उनको त्यती नै रुचि रहेको छ । उनले चलचित्रमा एक्टींग गर्ने तालीम समेत लिएर ”खतरा“ नामको मैथली चलचित्रमा अभिनाय समेत गरेका छन् ।

हाल उनी २ वटा चार चक्का गाडीहरुका धनि समेत हुन् । र आफै कुदाउछन पनि त्यो पनि अनुमति पत्र लिएर । साहको गित, कविता लेख्ने खुवी पनि उतिकै रहेको छ । उनको शब्दमा सुन सजनी हरिनगरा घुमादेवौ गे बोलको गितलाई उनकै आवाजमा सुन्न समेत पाइन्छ । थप अरु पनि गितहरु निकाल्ने तरखरमा उनी रहेको बताउँछन् ।

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्