Logo
१३ बैशाख २०८१, बिहीबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, नेतृ चन्दा चौधरीको बदलिदो जीवन : २०१९ को नारी उद्यमी अर्वाडबाट सम्मानित हुँदै

सुन्दर, आकर्षक र प्रभावशाली जीउडालकी महिला नेतृ चन्दा चौधरीको राजनीतिक र सामाजिक कार्यको फेहरिस्त पनि उतिकै दुरुस्त छ । उनी सौम्य, शिष्ट तर प्रखर छिन् । विषयवस्तुलाई धीरतापूर्वक सुन्ने र गम्भीरतापूर्वक टिप्पणी गर्ने बानी छ । तर तत्परता छ । उनको सक्रियताले नै उनलाई राजनीति र सामाजिक कार्यमा सफल बनाएको छ । राजपा नेपालकी महासचिव समेत रहेकी चौधरी नयाँ पुस्ताकी एक उदाहरणिय महिला नेतृ पनि हुन् ।

यसैबीच चौधरीलाई भारतको वराणसीमा यही जनवरी २१ देखि २३ तारिख सम्म हुन गइरहेको पन्द्रहौ प्रवाशी दिवसको दिन “She the Change- Nari Udyami Awards 2019” बाट सम्मानित गरिदैछ । उनी नेपाल भारत महिला मैत्री समाज को संस्थापक अध्यक्ष पनि हुन् । तीन दिवशिय उक्त कार्यक्रममा विश्वभरीबाट हजारौको संख्यामा महिलाहरुको सहभागिता रहनेछ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्रि योगी आदित्यनाथ, युनियन मिनिस्टर अफ टेक्सटाइल श्रीमति स्मिृती जुबिन इरानी लगायतका उच्च तहका नेता एवं ब्यक्तिहरुले कार्यक्रमको उद्घाटण गेर्ने छन् ।

यसैगरि सम्मान कार्यक्रमको सहजिकरण बि एण्ड एस फाउण्डेशनले गर्नेछ भने यो सम्मान गांधी स्मिृती, दर्शन समिती र संस्कृति मन्त्रालयको तर्फबाट सामुहिक रुपमा प्रदान गर्नेछ । त्यसैगरि आ-आफ्नो क्षेत्रमा दखलता हासिल गरेका विद्वतवर्गहरुको समेत सहभागतिा हुने भएको छ । जसमा विभिन्न विषयहरु जस्तै, वर्तमान समयमा गान्धिको सान्दर्भिकता, कुम्भ स्नानको सान्दर्भिकता, शिक्षा एवं सिपको आवश्यकता जस्ता विषयहरुमा छलफल समेत गरिनेछ ।

नेपाल भारत महिला मैत्री समाज को तर्फबाट सांसद चौधरीले ग्रामिण क्षेत्रका महिलाहरुमा जनचेतना जगाउने, सिमांतकृत महिलाहरुलाई मुलधारमा ल्याउनको लागि क्षमता अभिबृधी जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आइरहेकी छिन् । चौधरीको पहलकदमी मा महिला मैत्री समाजबाट महोत्तरी, सर्लाही, भक्तपुर र चितवनमा सय भन्दा बढी महिलाहरुलाई सिलाईकटाई सम्बन्धि तालिम दिइएको छ । ती सबै महिलाहरु लाभान्वित भएकीछिन् । त्यसैगरी सयौ महिलाहर्रु ब्यूटिसियन’ सम्बन्धि तालिम प्राप्त गर्न सफल भएकी छिन् ।

देशको हरेक जिल्लामा सिमांतकृत महिलाहरुलाई स्वाबलम्बी बनाउनको निमित्त यस्ता सिपमुलक तालिमहरुको आयोजना गर्ने लक्ष्य सांसद चौधरीको रहेको छ । त्यसैगरि प्राकृतिक प्रकोपको बेला समेत समस्यामा परेका जनताहरुलई चैधरीले राहत वितरण गरी सहयोग गर्ने गरेकी छिन् ।

चौधरीका अनुसार, नेपाल को बिपन्न महिलाहरुको समग्ररुपमा उत्थान गनुै र तिनीहरुलाई आत्मनिर्भर बनाउनु सांसद एवं समाजसेवी चौधरी को परम लक्ष्य रहेको छ । त्यसैगरी नेपाल भारत महिला मैत्री समाज नेपाल र भारतको एतिहाषिक सम्बन्धमा प्रगाढता बढाउनको निमित्त विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकी छन् ।

म महिलाबाट मधेसी वकिल बन्छु भन्ने लागेको थियो तर….

चन्दा चौधरी, पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य

सपनाको ताँदो समातेर हिँड्दो रहेछ मान्छे । कथंकदाचित सपनाको ताँदो छिनिहाल्यो भने के गर्दो हो मान्छे ? लाग्न त सबैलाई यस्तै लाग्छ । तर मान्छेले कतिपय सपना पूरा नभए पनि चित्त बुझाउनै पर्नेरहेछ । त्यस्तै भयो मेरो हकमा पनि । बाल्यकालमा मलाई वकिल बन्न मन लागेको थियो । कालो कोट लगाएर न्याय नपाएकाहरूको पक्षमा वकालत गर्ने सपना थियो मेरो पनि । म महिलाबाट मधेसी वकिल बन्छु भन्ने लागेको थियो । त्यो सपना पूरा हुन पाएन । घर र समाजले छेक्यो । एकातिर मधेसी त्यसमाथि महिला भएर वकिल बन्नु फलामको चिउरा चपाउनुसरह रहेछ । मेरो बुबा पनि म सानै हुँदा बित्नुभयो । बुबा बितेपछि त झन् आधा सपनाको घाँटी निमोठेको जस्तै भयो ।

बुबा जहिले पनि मलाई भन्नुहुन्थ्यो, ‘नेता नै बन्नुपर्छ ।’ बुबा राजनीतिमै हुनुहुन्थ्यो । यसले पनि मेरो राजनीतिप्रति रूचि बढेको हुनसक्छ । हामीले धेरै दुःख ग¥र्याैँ राजनीतिमा । जब बुबा बित्नुभयो, जग्गा जमिन सबै सिद्धिएर गयो । बुबाको सपना थियो –पढाएर लेखाएर राजनीतिमै जाओस् भन्ने । त्यो त्यति याद छैन । जे बन्न इच्छा छ त्यही बन्नु भन्नुहुन्थ्यो ममी पनि । बुबा बितेपछि मेरो लालनपालनको जिम्मेवारी दाजुको काँधमा आइप¥यो । दाजु इन्डियामा पढ्नुभयो । मचाहिँ नेपालमै पढेँ । त्यसपछि हाम्रो पढाइ ब्रेक भयो । ममीले पढाउन सक्नुभएन । गाउँमै पढाउने भन्ने कुरा गरिरहनुहुन्थ्यो । तर त्यो सपना भने पूरा भएन ।

बुबाकै प्रभाव छ
म सबैभन्दा पहिला बुबाबाटै प्रभावित भएँ । बुबाले एकदमै राम्रो काम गरेको भन्थे गाउँमा । मेरा हरेक सपना बुबासँगै जोडिएका छन् । बुबाले एकदमै राम्रो गरेर जानुभएछ । त्यसले पनि हामीमा राजनीतिप्रति सकारात्मक झुकाव बढेको हुनुपर्छ । सबैले बुबाको बारेमा चर्चा गरिरहेको सुनेपछि यस्तै लाग्थ्यो । छन त गाउँमा अरू पनि नेता छन् । तर म बुबाबाटै धेरै प्रभावित भएको मान्छे भएकाले बुबाको जुन सपना थियो त्यो पूरा गर्नसक्छु भन्ने लाग्थ्यो ।
बच्चादेखि नै घुम्टोभित्र नबसी र छुवाछुत नगरी अरूको घरमा पनि गएर खाएर आउँथे । हजुरआमा किन खाइस् भन्नुहुन्थ्यो । तर मचाहिँ उहाँहरूको कुरा पटक्कै नमान्ने । किनभने बुबाचाहिँ केही हुँदैन भन्नुहुन्थ्यो ।

हामीलाई पढाउने शिक्षक अहिले वडाअध्यक्ष भइसक्नुभएको छ । उहाँले घरमै ट्युसन पढाउनुहुन्थ्यो । स्कुलमा पनि पढाउनुहुन्थ्यो । उहाँ अंग्रेजी पढोनुहुनथ्यो । केही दिन इन्डियामा पढेँ । सात कक्षासम्म । नेपालमा पढेँ फेरि इन्डियामा पढेँ । पारि पढ्न पनि सजिलै थियो । एक किलोमिटर पनि छैन । मेरो साथी रेखाले चाहिँ जब गर्नुभएको छ । बबिता पेप्सीकोलामा बस्नुहुन्छ । विवाह सर्लाहीमा भएको हो । चार–पाँचजना एकदमै नजिकका साथी थिए । त्यतिबेला केटी मान्छे छुट्टै बस्थे । कक्षाभरि केटाहरू बस्थे । त्यसमा हामी छुट्टै बस्थ्यौँ ।

मेरो १६ वर्ष विवाह

मेरो विवाह १६ वर्षमा भयो । गौरिशंकर चौधरीसँग । उहाँ २१ वर्षको हुनुहुन्थ्यो । ५ वर्षले जेठो मभन्दा । बाल विवाह भन्छु म मेरो विवाहलाई । बिहे भनेको एकदमै ठीक समयमा हुनुपर्छ । तर यति बेला केही बोल्न नपाइने । अभिभावकले जति बोल्यो त्यतिमै सीमित हुने बेला थियो । अहिले पो केटाकेटीले आफैं जीवनसाथी रोज्छन् त ! त्यति बेला यो चलन थिएन । मेरो त दाइजो दिएर विवाह भएको हो । मलाई एकदमै दुःख लागेको थियो त्यो उमेरमा
विवाह भएर ।

विवाह भएपछि केही गर्नसक्ने अवस्था रहेन । एउटा सामाजिक बन्धन । अर्को मधेसी समाज । म के गर्नसक्थें र त्यतिबेला ? धेरै डिस्टर्ब भयो । बुबा बिते पनि विवाह नभएको भए चाहिँ म केही गर्न सक्थेंजस्तो लाग्थ्यो । केही अगाडि आउन सक्थेँ कि ? गाउँमा बसेर पढ्थेँजस्तो लाग्छ । बालविवाहले दुईवटा असर ग¥यो । घर परिवार, श्रीमान् र बालबच्चातिर लागियो । २/३ वर्ष सर्लाहीमा बसेँ । त्यसपछि ५० सालमा म काठमाडौं आएँ । आउने जाने गर्दै जीवन गुज्रियो । तर, यहाँ आएपछि म यताउता आदि गतिविधिमा सक्रृय भएँ ।

केही न केही त गरेकै छु
घरतिर मेरो परिवारमा ठूलो परिवार थियो । मोटामोटी ३५ देखि ४० जनाको परिवार थियो । सानादेखि ठूलासम्म । म दुःखी भए पनि उहाँहरू एकदमै खुसी हुनुहुन्थ्यो । उहाँहरू मेरो संस्कार र व्यवहार हेरेर एकदमै खुसी हुनुभयो । सबै आएको छ, सानी भए पनि । खाना पकाउन, सासुससुरा र साना–साना देवर–नन्द हेर्न सबै जानेकै छ । तर राजनीतिमा आइसकेपछि म खुसी छु । परिवार पनि खुसी छन् ।

चाहनाअनुसार गर्न पाए म राम्रो ठाउँमा सेटल हुन सक्थेँ र केही गर्न सक्थेँ कि जस्तो लाग्थ्यो । परिवारको पनि सपोर्ट रह्यो । जीवनलाई भरपुर निभाएको छु । १०० प्रतिशत । बच्चा साना हुँदा एकदमै म बाहिर जान्थेँ । बच्चाहरू आफैं खाना खाने भए । म तराई मधेस लोकतान्त्रिक पार्टी खुल्दा लगातार १८ दिन संगठनको काममा गएँ । कसरी खान्छन्, सिरोक ओढे कि ओडेनन् भनेर खुल्दुली हुन्थ्यो मनमा । पार्टीको पनि जिम्मेवारी थियो । पार्टी खुल्दा धेरै संघर्ष गरेको एउटा दिदीको छोरो थियो । उसले धेरै सहयोग ग¥यो । हो, काम गरिन्थ्यो घरमा तर बच्चालाई खाना खुवाउने, स्कुल पठाउने संघर्ष पनि थपियो । १८/२० दिन छोड्नुपथ्र्यो । म उपत्यकामा बढी सक्रिय थिएँ । त्यसपछि म गाउँमा जाने संगठन बनाउने काममा लागेँ । बच्चाको जन्मदिन छोड्ने अवस्थासमेत आएको थियो ।

सबैभन्दा खुसी के जस्तो लाग्छ भने, संघर्षका बेलामा पनि मेरा बच्चा, श्रीमान् र परिवारले साथ दिए । दिदीको छोरा जगदीश चौधरी मसँगै बसेर पढेको थियो । उसले पनि सहयोग गरेको छ । अहिले अस्ट्रेलियामा छ । जनतालाई जति गर्नुपर्ने हो त्यो गरेको त छैन तर पनि केही न केही त गरेको छुजस्तो लाग्छ । घरपरिवारलाई, जनतालाई वा पार्टीका साथीभाइलाई केही दिन पक्कै सकेँ भन्ने लाग्छ । दुवैवटा बच्चा सेटल भए । मेरो गृहस्थी पनि राम्रैसँग चलेको छ । त्यो देख्दा मलाई सपना पूरा भयो कि जस्तो लाग्छ । त्यसैले म खुसी छु ।

गाउँका मान्छे पनि मदेखि धेरै खुसी छन् । म पहिलोचोटि मन्त्री भएपछि गाउँमा बोलाए । गाउँमा जाँदाखेरि एकदम ठूलो स्वागत गरे । गाउँ नै खुसी भयो । मेरी छोरी आई भने । अस्तिको चुनावमा जाँदा देवन चौधरी, नरेश चौधरीले भने, ‘फर्केर आएछौ हामीलाई साथ दिनुपर्छ ।’ माइतीमा होस् वा घरमा होस् सबै मसँग सन्तुष्ट छन् । यसरी राजनीति र परिवार दुवै खुसी हुनु भनेको त हाम्रो एकदमै ठूलो सफलता हो ।

म ६२/६३ मा महिलाहरूलाई आफैं ट्रेनिङ दिन्थेँ । सर्लाहीमा गएर स्वास्थ्य, बालविवाह र शिक्षामा । मलाई ट्रेनिङ दिनु भनुहुन्थ्यो, म दिन्थेँ । संस्थाले पनि मलाई ट्रेनरको रूपमा ट्रेनिङ दिन पठाएको थियो । मैले धेरै महिलालाई दक्ष बनाएर निकालिसकेको छु । मेरो संघर्ष, अनुभव, मेहनत र प्रेरणाले उहाँहरू घुम्टोबाट बाहिर आउनुभएको छ । पहिले त उहाँहरू घुम्टोभित्र बस्नुहुन्थ्यो । अहिले साथीहरू चटाइमा बसेर, संघ संस्थामा आबद्ध भएर, स्कुटर चलाएर मिटिङमा जानसक्ने हुनुभएको छ ।

महिलालाई सबभन्दा पहिले आर्थिक समस्याले सताउँछ । जसले गर्दा महिलाका सपना पनि साँघुरा पारिएका छन् । सपना नै साँघुरा भएपछि गन्तव्य कस्तो तय हुने र ? अर्को कुराचाहिँ महिलालाई पछाडि पार्ने धेरै तत्वहरू छन् । आर्थिक र सामाजिक चुनौतीको सामना गर्नुपर्छ महिलाले । महिला एक्लै जाँदा नानाथरी कुरा हुन्छन् । यो कुरालाई मैले कहिल्यै महत्व दिइनँ । आफू सही हुनुपर्छ, अरूले कुरा काटेर पनि केही बिग्रिँदैन । आफ्नो काम के हो त्यो गर्नुप¥यो । पछाडि कसले के भन्यो मलाई के मतलब र ? दुई चारजनाले मलाई आलोचना गरे होलान् । तर, सर्मथक नै धेरै छन् । पार्टीदेखि लिएर समाजमा, मिडियामा वा विभिन्न पार्टीमा मेरा समर्थक नै छन् । मेरो कामलाई पोजिटिभ लिने धेरै छन् । सम्झन्छु, अहिले आफ्नो घर परिवार । गाउँबाट आएको सम्झन्छु । मेरो बुबा र दाइको त्यागले गर्दा राजनीतिमा यहाँसम्म आएको छुजस्तो लाग्छ ।

छुवाछुतको अन्त्य गर्ने सपना छ 

सपना म निदाएर होइन, जागेर नै देख्ने गर्छु । सपना देखेर मात्रै हुँदैन । सोचेर मात्रै हुँदैन । व्यवहारमा ल्याउनुपर्छ । म महिला हो । साथीहरूलाई के भन्छु भने पुरुषमा जब विभेद छैन । म पनि मधेसको घुम्टोभित्र रहेको महिला हुँ । तर गर्न चाह्यो भने जेपनि गर्न सकिन्छ भन्ने त म आफैंले प्रमाण्ति गरेरै देखाएँ भन्ने लाग्छ । पहिलो सोच कस्तो राख्नुहुन्छ, तपाईंको कामको परिणाम त्यसमा भर पर्छ ।

म अलग किसिमले काम गरिरहेको छु । यसरी फरक ढंगले काम गरेर अगाडि बढिएन भने मान्छेले चिन्दैनन् । अब छुवाछुतको अन्त्य गर्ने सपना छ । त्यो कुसंस्कार अन्त्य गर्न जनतामा जानुपर्छ । त्यहाँ गएर सय प्रतिशत नभए पचास प्रतिशत काम फत्ते गर्ने कोसिस गर्छु । अहिलेको मधेसमा स्वास्थ्य छैन, शिक्षा छैन, बेरोजगारी छ । त्यो सबै समस्या हल होस् मेरो मेरो चाहना छ । हुन त यो मेरो हातमा छैन । यो काम २५ प्रतिशत पनि पूरा भएको छैन । जुन ठाउँमा हुनुपर्ने त्यो ठाउँमा त झन् पटक्कै भएको छैन ।

पीडा धेरै भए पनि कसैलाई सुनाइएन । बिजी भएर होला प्रायः याद नै हुँदैन सुनाउनलाई । काम धेरै भएपछि पीडा सोच्ने समय नै हुँदैन । कहिलेकाहीँ एक्लै हँदा आफैं पनि रोइन्छ । जसरी हुन्छ समस्याको समाधान गरिन्थ्यो । नभए नि ठिक छ भनेर चित्त बुझाउने पनि गरिन्थ्यो । मलाई सबभन्दा विश्वास कर्ममा लाग्छ । कर्म गरे कसैको केही लाग्दैन । विरोधीले पनि एक दिन आएर सपोर्टमा बोल्नै पर्छ ।

०६४ को चुनावको कुरा हो । हाम्रो पार्टी चुनावमा थियो । सर्लाही जानुपर्ने कार्यक्रम थियो । त्यहाँबाट उम्मेदवारी दिएकाले । २ दिनपछि होली थियो । होली छोडेर जानुप¥यो, बच्चा र श्रीमान् छोडेर । ५ नं. क्षेत्रबाट उठेको उम्मेदवारले जानैपर्छ भन्ने भयो । होलीको दिनभर सुतेँ । त्यो वर्ष होली खेलिनँ । घरमा केटा मान्छे मात्रै थिए, केटी थिएनन् । कसले खाना बनाएर खुवायो होला भन्ने पिरोलोले थिचिरह्यो । त्यो घटना मैले गर्दा भएको भन्ने लागिरह्यो । त्यसका लागि दुःखी पनि म नै छु ।

समाजमा जुन विभेद छ त्यो विभेद हटाउनुपर्छ र समानता अवसर दिनुपर्छ । लोकतन्त्र हुँदै गणतन्त्र आइसकेको छ । छुवाछुतको कारणले गर्दा कोही तल बस्ने र कोही माथि बस्ने प्रचलन आजसम्म पनि विद्यमान छ । सबभन्दा दुःख यसैमा लाग्छ । गाउँमा महर्जन, शाह, साउजी र काजी भन्नेजस्तो प्रथा छ । त्योचाहिँ एकदमै खराब लाग्छ । अझै पनि यो प्रथा चलिरहेको छ । त्यस्तो बेलामा मान्छेलाई म कुर्सी तानेर दिन्छु । संविधानमा लेखेर मात्रै छुवाछुत हट्दैन । यो त खासमा समाजको परिवर्तनको बाटो छेक्ने चुनौती हो । घर परिवारमा छुवाछुत एउटा विभेद हो, अर्को बालविवाह । जहाँ शिक्षा, स्वास्थ्य छैन उनलाई कसरी सहज हुन्छ । बालविवाहको कुप्रथा हटाउनुपर्छ । बेरोजगारी छ यसको अन्त्य गर्नुपर्छ । त्यो मेरो सोच र सपना हो ।

म दाइजो प्रथाको विरोधी हुँ
छोरीलाई सम्पत्ति दिँदा पुरै दिनु, त्यसमा मेरो भन्नु केही छैन । म दाइजो प्रथाको एकदमै विरोधी हुँ । दाइजो प्रथा हटाउनुपर्छ । छोराको बुबा र छोरीको बुबा बसेर विवाहको कुरा चल्यो । छोराको बुबाले ‘मलाई यति चाहियो भन्दा’ छोरीको बुबाले ‘अलि घटाइदिनु पर्यो’ भन्ने ? यो त व्यापारजस्तो भएन र ? पशु हाटमा पशुको पो मोलमोलाई गरिन्छ त । मान्छेको मोलतोल गर्ने यो व्यवहार ठीक छैन । छोरीलाई जति सम्पत्ति दिए पनि त्यो आमा बाबुको विचार हो । तर छोरीलाई जग्गा या पैसा छोरालाई जति नै पो दिनुपर्ने हो त । बराबर । केटा र केटी मन परापर भएपछि जति दिन सक्छ त्यही ठीक हुन्छ । तर सरसम्धीले ‘यति ले, उति दे, केही मिलाइदे’ भन्नु त अहँ ! पटक्कै न्यायोचित छैन ।

दाइलाई एकदमै मिस गर्छु


५४ सालको आन्दोलनमा भएको घटना हो । म मेरो दाइलाई धेरै सम्झना चाहन्छु । उहाँ इन्डियामा जानुभयो । उहाँलाई दुश्मनले मारिदियो । के भयो, अहिलेसम्म पत्तो छैन । मेरो दाइ एकदमै लिडरसिप क्षमता भएको र संघर्षशील मान्छे हुनुहुन्थ्यो । अहिले दाइलाई एकदमै मिस गर्छु । ५४ सालमा इन्डियामा जानुभयोे । श्रावनमा घरबाट निस्केको ।

दाइ भएको भए अझै सहज वातावरण हुन्थ्यो जस्तो लाग्छ । दाइ भइदिएको भए अर्कै हुन्थ्यो । पार्टीमा पनि सबैले हेर्ने दृष्टि छुट्टै हुन्थ्यो । उहाँ भएको भए राजनीतिमा एक्लोपन हुने थिएन । घरपरिवारबाट एकदमै सपोर्ट हुन्थ्यो र सपना पूरा गर्न पनि सहज हुन्थ्यो । आज सम्झिँदा लाग्छ, वकिल बन्न सकिनँ त के भो ? गरिब गुरुवा जनताको पक्षमा बोलेकै छु । न्याय र समानताको अभियन्ता भएर पिछडिएको मधेसी समुदायको पक्षमा आवाज उठाएकै छु । आखिर बुबाको जे सपना थियो केही हदसम्म पूरा गरेकै छु । छन् केही अधुरा सपना पनि, पक्कै पूरा हुनेछन् । किनभने सपना ताकेर हिँडेका पाइला थाकेका छैनन् ।

@प्रस्तूती : वीरेन्द्र केएम

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्