Logo
१५ चैत्र २०८०, बिहीबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : राजधानी र नाम सुझाव संकलन कार्यक्रममा युवाद्वारा बबण्डर

जनकपुरधाम : प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोजित कार्यक्रममा बिवाद भएको छ । प्रदेश सरकारद्वारा गठित प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका कार्यक्रम होटेलको एउटा बन्द कोठामा गरेको भन्दै जनकपुरधामका केही युवाले बबण्डर गरेका हुन् ।

प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका संयोजक डा. हरिवंश झाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको १० मिनेट नबित्दै युवाको एक समूहले हो-हल्ला गरेका थिए ।

मधेश आन्दोलनको स्वतन्त्र समूहबाट नेतृत्व गरेका युवा सुशील कर्ण तथा सरोज मिश्र समूहका युवाले कार्यक्रमस्थलमा आएर खुल्ला स्थानमा कार्यक्रम गर्नुपर्ने धारणा राखे । उनीहरूले प्रदेशको राजधानी, नाम तथा भाषा प्रदेशसभाबाट दुई तिहाईको बहुमतमा पारित हुने विषय भए पनि जिल्लाजिल्ला गएर जनतामाझ सुझाव संकलन गर्नुभन्दा बन्द कोठामा युवाको प्रतिनिधित्वविना कार्यक्रम गरेको आरोप लगाएका थिए ।

उनीहरूले संविधान विधेयक मस्यौदा जिल्ला जिल्लामा गएर संकलन गरे जस्तै केही सिमित व्यक्तिहरू बोलाएर सुझाव संकलन गर्न नहुने तथा गरे आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

कार्यक्रममा झण्डै १० मिनेट दुई पक्षीय हो-होल्ला तथा वादविवाद भए पनि हाल कार्यक्रममा प्रदेशको राजधानी तथा नामकरण सम्बन्धमा सुझाव संकलन गरिरहेको छ, भने युवाको एक समूहले कार्यक्रमलाई बहिष्कार गरी बाहिरिएका छन्।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्