Logo
१२ बैशाख २०८१, बुधबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको स्वीट्जरल्यान्ड भ्रमणले मुलुकको प्रतिष्ठा बढ्ने, नेपालले गरेको प्रगतिप्रति दुनियाँको चासो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्यान्ड भ्रमणमा जाँदैछन् । उनी जनवरी २२ देखि स्विट्जरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागीता जनाउन जान लागेका हुन् ।

स्वीट्जरल्यान्ड भ्रमणबारे शुक्रबार संघीय संसदको प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चको बैठकमा नेपाल पहिलोपटक सहभागी हुन लागेको भन्दै प्रशन्नता व्यक्त गरे ।

प्रधानमन्त्री स्तरमा नेपाल सहभागी हुन लागेको भन्दै उक्त सहभागीताले नेपालले गरेको प्रगतिप्रति दुनियाँको चासो भएको दाबी गरे । नेपालले गरेको द्वन्द्व व्यवस्थापनालाई विश्वले सकरात्मक रूपमा लिएको पनि उनको दाबी थियो ।

हामीले गरेको द्वन्द्व व्यवस्थापन, हामीले गरेको राजनीतिक र सामाजिक रुपान्तरणलाई दुनियाँले अत्यन्तै सकरात्मक ढंगले लिएको छ । अब नेपाल एउटा सानो पछ्यौटे मुलुक, कसैले वास्ता नगर्ने मुलुकको रूपमा होइन, प्रधानमन्त्रीले भने,

नेपाल पनि विश्व मानचित्रमा विभिन्न कोणबाट एउटा उल्लेख्य, सम्झिन लायक देशको रूपमा उभिन थालेको छ । उक्त कार्यक्रमको औचित्यबारे प्रधानमन्त्रीले भने, यो मञ्च विकास र लगानी जस्ता आर्थिक गतिविधिमा केन्द्रित हुँदै दुनियाँको आर्थिक व्यवस्था, दुनियाँको आर्थिक ट्रेण्ड, आर्थिक राजनीति सहित दुनियाँको सहभागि हुने एउटा थलो हो ।

जनवरी २२ मा स्ट्राटेजिक आउटलुक अन साउथ एसियाुमा नेपालको धारणा राख्ने प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले जनवरी २३ मा सेपिङ दी फ्युचर अफ डेमोक्रेसीुशिर्षकमा नेपालको तर्फबाट धारणा राख्‍ने कार्यक्रम छ ।

यस सत्रमा कोलम्बियाका राष्ट्रपति इभान डुक माक्रोज, अरमानियाका प्रधानमन्त्री निकोल पासिन्यानले पनि आफ्नो धारणा राख्‍नेछन् । यो सत्रमा फाइनान्सिलय टाइम्सु र न्यूयोर्क टाइम्सुका सम्पादक पनि सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जि-२० मुलुकसहितका देशका नेताहरूसँग छलफल हुने जानकारी दिए ।

साइडलाइनमा विभिन्न देशका नेता तथा उद्योग तथा व्यापार क्षेत्रका नेतृत्वसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ । भ्रमणका क्रममा स्वीट्जरल्यान्डका राष्ट्रपति वेली माउराबीच भेटवार्ता हुने कार्यक्रमको तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा आफ्नो सहभागीताले नेपालको इज्जत र प्रतिष्ठा बढ्ने दाबी गरे।

नेपालका आवश्यकता बताउने, जनाउने काम, नेपालप्रति आकर्षण बढाउने काम र नेपालप्रति सहयोगात्मक भावना बढाउने काम हुनेछ । यस फोरममा तत्काल सम्झौता हुने होइन यस फोरमले पछि प्रतिफल दिने हो । यसमा नेपालको सजगताका साथ सहभागिता हुने छ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओली भ्रमण टोलीसहित आइतवार ६ गते० साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर जाँदैछन् । प्रधामन्त्री ओली माघ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्