Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरामा नुन भित्रिँदा : स्थानीयको घुइँचो

बाजुरा  :  जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नुन डिपो सञ्चालनमा आएको छ ।“नुन लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु १ सयको नुनका लागि रु २ हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ”, गौमूल–३ गर्जेकी बिसु बोहराले बताए ।

सोही वडाकी पुनी धामीले भने,“साँच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।”जनतालाई केही सजिलोको लागि नुन डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।

अध्यक्ष रोकायाले भने, “हामीले नुन डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।” गौमूल अस्थायी नुन डिपोबाट वार्षिक २ सय क्वीन्टल नुन बिक्री गर्ने गरेको नुन डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिए ।

प्रत्येक अस्थायीनुन डिपोबाट १ हप्तासम्म मात्र नुन बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताए । हालसम्म गौमूल गाउँपालिकामा एक हजार बढीलाई नुन बिक्री वितरण भैसकेको छ । गाउँमै नुन बिक्री वितरण भएपछि नुन लिनेको घुइँचो लाग्ने गरेको छ ।

जनतालाई सहज सेवाका लागि गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि अस्थायी नुन डिपोबाट भानु आयोडिन नुन बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताए । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नुन ९ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्