Logo
६ बैशाख २०८१, बिहीबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले दिएको ५ प्रतिशत ब्याज अनुदानमा १० हजारले लिए ऋण, निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्यो

काठमाडौं : सरकारले ५ प्रतिशत ब्याज अनुदानमा कृषि तथा पशुपँक्षी व्यवसाय गर्न दिने कर्जा हालसम्म ९ हजार ४ सय ४९ जनाले लिएका छन् । यसमा १४ अर्ब ३९ करोड रुपैयाँ कर्जा बक्यौता छ भने ७५ करोड ८२ लाख ब्याज अनुदान राष्ट्र बैंकले दिएको छ ।

यता बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा बढाएका छन् । बैंकहरुको चालु आर्थिक वर्षको पाँच महिनामा १०.२ प्रतिशतले बढी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गतवर्ष यसै अवधिमा ८.८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मध्ये बाणिज्य बैंकको कर्जा ९.८ प्रतिशत, विकास बैंकको १४.८ प्रतिशत, वित्त कम्पनीको ७.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २४.१ प्रतिशतले बढेको छ ।

बैंकहरुको लगानीमा रहेको कर्जामध्ये ६३.३ प्रतिशत घरजग्गा धितोमा, १४.६ प्रतिशत कर्जा कृषि तथा गैह्रकृषि वस्तुको धितोमा प्रवाह भएको छ ।

यस्तै भुकम्प पिडितलाई आवासीय घर निर्माणका लागि दिएको सहुलियत पूर्ण कर्जा १ हजार ५ सय ३४ जनाले लिएको राष्ट्र बैकले भनेको छ । पुनर्कर्जाको बक्यौता मंसिर मसान्तसम्म २ अर्ब ४२ करोड रुपैयाँ छ ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्