Logo
८ बैशाख २०८१, शनिबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शानदार प्रदर्शन : इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि ट्वेन्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया २७ रनमा समेटियो । टस हारेर पलिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो ।

नेपालका लागि सर्वाधिक ४८ रन सीता रानामगरले बनाएकी थिइन् । त्यस्तै इन्दु बर्माले नटआउट ३७ रनको योगदान गरिन् । जवाफि व्याटिङ गरेको इन्डोनेसियाले ११ औं ओभरमा सबै विकेट गुमाउँदै २७ रनमै समेटिएको थियो ।

इन्डोनेसियाकी युलिया एरिङ्गेनीको १३ रन बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । ५ खेलाडी भने शुन्यमा आउट भएका थिए । सन् २००७ देखि अन्तर्राष्ट्रि सहभागिता जनाएको नेपाल १२ वर्षपछि सिनियर महिला क्रिकेटको फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्