Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिद्यालयमा सांसद चुनाव जस्तै हुनेगरिएको चयन प्रक्रियाबीच भगवती मावि बन्यो नमुना

सुनसरी : देशकै जेठो बिद्यालय मानिने प्रदेश १ स्थित सुनसरी सदरमुकाम इनरुवामा रहेको भगवती मावीमा सर्वसहमतीबाट नयाँ ब्यवस्थापन समिति चायन भएको छ ।

विद्यालय ब्यवस्थापन समितिको पदाधिकारी चयन प्रक्रिया समेत सांसद चुनाव जस्तो हुने गरिएको गुनासा तथा घटनाहरु भइरहेकैबेला सुनसरी स्थित भगवती माविमा भने सर्वसहमतीबाट नयाँ ब्यवस्थापन समिति चयन भएको हो ।

बिहिबार नयाँ चयन भएको समितिमा इस्राइल मन्सुरी अध्यक्ष भएका छन् भने समितिमा बच्चुलाल खत्वे, किसुन्देव मेहता, गितादेवी यादव, श्यामा कुमारी, भन्डारी बिस्वास, मिरा अधिकारी, रामचन्द्र पौदार (वडाअध्यक्ष) र बेनु सिग्देल रहेका छन् । समितिको सदस्य सचिवमा भने बिद्यालयको प्रधानाध्यापक गङा पौडेल बराल रहेका छन् ।

प्रधानाध्यपक र सम्वन्धित वडा अध्यक्ष उक्त समितिमा रहेने पदेन ब्यवस्था नै रहेको छ । भगवती मावी देशकै निकै पुरानो मध्येका एक बिद्यालय हो ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्