Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपा अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु, राहुल गान्धीद्वारा स्वास्थ्यलाभको कामना

सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु भएको छ । स्वाइनफ्लुका कारण उनी हाल दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएर उपचार गरिरहेको उनले आफ्नो ट्वीट बाट जानाकारी दिएका छन् ।

उनले ट्विटमा भनेका छन् मलाई स्वाइनफ्लु भएको छ जसले गर्दा उपचार गरिरहेको छु ईश्वर को कृपा,सबैको प्रेम र सबैको शुभकामनाले शीघ्र स्वस्थ हुनेछु । यसै सन्दर्भमा भाजपा पूर्वअध्यक्ष एवं भारतका गृहमन्त्री राजनाथ सिहंले ट्वीटमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस्तै केन्द्र सरकारका अर्थमन्त्री अरुण जेटलीलाई पनि स्वास्थ्यमा समस्या देखिएको छ । ६६ वर्षीय जेटली उपचारको लागि अमेरिकामा छन् । मिर्गौला प्रत्यारोपण गरेका जेटली नियमित चेकअपका लागि अमेरिका पुगेका हुन् । जेटली अस्वस्थ भएको खबर बाहिरएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उनको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्