Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न राजिनामा, न बर्खास्ती, अन्ततः अष्ट्रेलिया फर्किइन् लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको बारेमा पछिल्लो समय थरी-थरीका समाचार आए । कहिले राजिनामा त कहिले बर्खास्तीसम्मको समाचार आयो ।

तर अब भने उनी अष्ट्रेलिया फर्किएकी समाचार छ । एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी हुन् ।

परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । उनी काममा फर्केकी हुन् वा व्यवस्थापन मिलाउन फर्केकी हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

सन्चो नभएको भन्दै हाल उनी क्यानबेरास्थित राजदूत निवासमा आराम गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले उनीबारे छिट्टै निर्णय हुने बताए पनि पछिल्लो भेटघाटको विषयबारे भने केहि स्पष्ट भएको छैन ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्