Logo
१५ चैत्र २०८०, बिहीबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्याजको प्रयोगबाट १ हप्ता देखि १ महिनाभित्र मै बनाउन सकिन्छ बाक्लो, लामो, चम्किलो र सुकिलो कपाल

आफ्नै घरको भान्छामा उपलब्ध हुने प्याजको प्रयोग गरेर पातलो, तक्लु र जति स्याहार गरे पनि बढ्दै नबढ्ने कपाललाई १ हप्ता देखि १ महिनाभित्र मै यसरि बाक्लो, लामो, चम्किलो र सुकिलो बनाउनु सकिन्छ । प्याजले खानको स्वाद बढाउने मात्र नभई यसका अन्य कयौँ गुणहरु छन्, जसमध्ये यसको प्रयोग गर्नले कपाल झरेर तक्लु नै भएको छ भने पनि उमार्न मद्धत गर्दछ र अन्य विविध फाइदाहरु पाउँन सकिन्छ ।

प्याज प्रयोग गरेर कपाललाई छोटो समयमै बाक्लो बनाउन, उमार्न र लामो बनाउने विधि यस्ता छन् :

१) ३-४ ओटा प्याज लिने र यसको बोक्रा निकालेर आफुलाई जुन आकारमा काट्न सजिलो हुन्छ, त्यसरी नै काट्ने,

२) अब एउटा भाँडामा १ लिटर जति पानी राख्ने र काटिसकेको प्याजको टुक्राहरुलाई पानीमा हाल्ने र त्यसलाई १० मिनेट सम्म उमाल्ने,

३) १० मिनेटपछी उमलिसकेको प्याजको टुक्रालाई चिसो हुन दिने, चिसो भइसकेपछी उमालेको प्याजको पानीलाई छान्ने,

४) अब स्याम्पु लगाएर धोइसकेको कपालमा यो छानीसकेको प्याजको पानीले विस्तारै मसाज गरेर लगाइसकेपछी यतिकै छोड्ने,

५) यदि प्याजको गन्ध मन पर्दैन भने १ घण्टापछी कपाललाई राम्रो संग धुने, यदि प्याजको गन्ध मन पर्छ भने भोलि पल्ट मात्र कपाललाई स्याम्पो लगाएर पखाल्ने,

यसरी प्याजलाई उमालेको पानीले कपाल धुँदा तपाइँको कपाल १ महिनाभित्रमै बाक्लो, चम्किलो र लामो हुँदै जान्छ, हप्ताको दुई पटक यो विधि प्रगोग गर्नुभयो भने धेरै प्रभावकारी हुन्छ ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्