Logo
१३ बैशाख २०८१, बिहीबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले बनायो भूकम्प पूर्वसचेतना प्रविधि, झट्का आउनभन्दा अघि नै रेडियो, टिभी, मोबाइलले दिन्छ सूचना

चीनले भूकम्प पूर्वसचेतना प्रविधि प्रणाली विकास गरेको छ । उसको दक्षिण-पश्चिम प्रान्त सिचुवानको राजधानी चेङदुमा यो आविष्कारको एक वर्षअघि परीक्षण पनि गरिसकिएको छ । यसका लागि रेडियो, टिभी, मोबाइलजस्ता धेरैवटा प्रसारण प्रणालीहरूको उपभोग गरेर भूकम्प धक्का आउनु केही सेकेन्डअघि नागरिकहरूलाई भूकम्प आउन लागेको चेतावनी दिन्छ ।

“भूकम्प आउनुअघि दिइने चेतावनी भूकम्पको भविष्यवाणी होइन,” ‘सिचुवान प्रोभिन्सकी ल्याब्रोटरी’ तथा ‘चेङ्दु उच्च-प्रविधि प्रकोप न्यूनीकरण इन्स्टिच्युट’का प्रमुख वाङ टुनले भने । यसबारे थप बताउँदै वाङ्ले भने, “रेडियो तरङ्ग सिस्मिक (भूकम्पीय) तरङ्गभन्दा छिटो प्रसारण हुन्छ भन्ने सिद्धान्त प्रयोग गरेर यसले भूकम्पको धक्का आउनुअघि नै मानिसहरूलाई सुरक्षित हुन केही सेकेन्ड समय दिन्छ । यो प्रविधिमा भूकम्पको केन्द्रबाट तपाईं बस्ने क्षेत्र जति टाढा छ, तपाईंसँग उति नै बढी समय हुन्छ ।”

भूकम्पको पूर्व जानकारीले हुने फाइदा

अनुसन्धानहरूले भूकम्प आउनु ३ सेकेन्ड अघि थाहा पाइएमा हताहती सङ्ख्या १४ प्रतिशतले घटाउन सकिन्छ भन्ने देखाएको छ । त्यस्तै १० सेकेन्डअघि थाहा हुँदा ३९ प्रतिशत घट्छ भने २० सेकेन्डअघि थाहा हुँदा हताहती सङ्ख्या ६३ प्रतिशतले घटाउन सहयोग गर्छ ।

रासायनिक, आणविक उद्योगदेखि तीव्र गतिको रेलमार्ग र सहरी भूमिगत रेल सञ्जालजस्ता अत्यन्त संवेदनशील क्षेत्रमा भूकम्प आउनुअघिको चेतावनीले उल्लेख्य जीवन बचाउँछ र सहायक प्रकोप रोक्न सहयोग गर्छ ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्