Logo
८ बैशाख २०८१, शनिबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलिलै उमेरमा यौन सम्पर्क गर्नु धेरै पछुतोको विषय : ‘भर्जिटिनी लुज’ गर्ने सही समय कुन र ?

कलिलै उमेरमा यौन सम्पर्क गर्नु धेरै युवाका लागि पछुतोको विषय बन्ने गरेको एक अध्ययनको क्रममा थाहा भएको छ । बेलायतमा भएको अध्ययनको क्रममा चाँडै भर्जिनिटी गुमाएकोमा धेरै युवालाई पछुतो हुने गरेको देखिएको हो । अनुसन्धानमा सहभागी भएका मध्ये एक तिहाई भन्दा बढी युवती र एक चौथाई भन्दा बढी युवकले आफ्नो भर्जिनिटी लुज गरेको समय सही नरहेको बताएका छन् ।

अनुसन्धानमा सहभागी युवायुवती २० वर्षको हाराहारी वा त्यस वरपरको उमेरका हुन् । बेलायतमा कानुनी रुपमा यौन सम्बन्ध कायम गर्नका लागि योग्य हुने न्यूनतम उमेर १६ वर्ष छ । १६ वर्ष पुगेपछि सहमतिमा यौन सम्बन्ध कायम गर्न मिल्छ । तर बेलायतमा पछिल्लो पटक गरिएको यौन व्यवहार तथा जीवनशैली सर्वेक्षणको क्रममा धेरै व्यक्ति १६ वर्षको उमेरमा यौन सम्बन्धका लागि तयार नहुने देखिएको थियो । बेलायतमा हरेक १० वर्षमा यौन व्यवहारबारे सर्वे हुने गरेको छ ।

पछिल्लो पटकको अनुसन्धानको प्रतिवेदन बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको छ । लण्डन स्कूल अफ हाइजेन एण्ड ट्रोपिकल मेडिसिनका अनुसन्धानकर्ताले झण्डै तीन हजार युवा उमेरका व्यक्तिमा अध्ययन गरेका हुन् । यो अध्ययन सन् २०१० देखि २०१२ को बिचमा भएको थियो । अनुसन्धानमा सहभागी मध्ये झण्डै ४० प्रतिशत युवती र २६ प्रतिशत युवाले आफ्नो पहिलो यौन अनुभव सही समयमा नभएको बताएका छन् ।

उनीहरुले आफ्नो भर्जिनिटी लुज गर्नेका लागि अझै समय पर्खिएको भए हुने भन्ने लाग्ने गरेको बताएका छन् । यस्तै केही त्यो भन्दा पहिले नै गरेको भए हुने पनि बताएका छन् । धेरैले १८ वर्षको पुग्दासम्म पहिलो यौन सम्बन्ध कायम गरेको देखिएको छ । आधा जतिले १७ वर्ष लाग्दा र एक तिहाईले १६ वर्ष लाग्नु पूर्व नै पहिलो यौन सम्बन्ध कायम गरेको देखियो ।

यस्तै पहिलो यौन सम्बन्धको निर्णय कुनै दबाब वा हतारो बिना भएको थियो वा थिएन भन्ने बारे पनि अध्ययनको क्रममा सोधिएको थियो । झण्डै आधा युवती तथा १० मा चार युवकले आफ्नो पहिलो यौन सम्बन्धको निर्णय स्वतन्त्र वा दबाब रहित अवस्थामा नभएको बताए ।पहिलो यौन सम्बन्धका लागि सही समय व्यक्ति आफैमा भर पर्ने देखिएको अध्ययनकर्ताले बताएका छन् । यौन सम्बन्ध कायम गर्ने निर्णय गर्नु पूर्व आफैलाई राम्रोसँग सोध्नु पर्ने अध्ययन कर्ताले बताएका छन् ।

 

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्