Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीराम पौडेलको विदाई, गौतम भए नागरिकको डिजिटल एडिटर

काठमाडौं : अन्नपुर्ण पोष्टका पुर्व सम्पादक राजाराम गौतक नेपाल रिपब्लिक मिडियाको डिजिटल एडिटरमा नियुक्त भएका छन् । गौतमले नागरिक नेटवर्कको राजनीति, अर्थ र सामाजिक मामिला व्युरोलाई पनि सम्पादकको रुपमा नेतृत्व दिने भएका छन् ।

नेपाली पत्रकारितामा झन्डै २० वर्ष अनुभव संगालेका गौतमले अन्नपूर्ण पोस्टको सम्पादक, अन्नपूर्ण टुडेको सम्पादक र रेडियो अन्नपूर्णको प्रमुख, कान्तिपुर दैनिकमा पनि लेखरचना शाखा प्रमुख भइसकेका गौतमले नेपाल म्यागेजिनमा पनि लामो समय काम गरेका छन् ।

नेपाल रिपब्लिक मिडियाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले गौतमलाई स्वागत गरिन् । सोही कार्यक्रममा ज्ञवालीले रेडियो नागरिक, नागरिक न्युज डट कम र माई रिपब्लिका डट कमका निवर्तमान सम्पादक श्रीराम पौडेललाई धन्यावाद दिइन् ।

गौतमको नियुक्तीसंगै पौडेलको विदाई हुन भएको छ । उनले उक्त मिडिया हाउस छोडेको औपचारिक घोषणा भने गरेका छैनन् ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्