Logo
७ बैशाख २०८१, शुक्रबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी क्षेत्रका विद्यालयलाई सेवामूलक बनाउन सिफारिस

काठमाडौं : राष्ट्रिय शिक्षा नीति निमार्णका लागि गठित उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउन सिफारिस गर्दै आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार प्रतिवेदन बुझाएको हो ।

आयोगका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउँदै प्रतिवेदनमा निजी क्षेत्रका विद्यालयलाई सेवामूलक बनाउन सिफारिस गरिएको जानकारी गराए ।

प्रतिवेदनले सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने र सरकारी कर्मचारी सबैका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ । हाल कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई सहकारी, सेवामूलक निजी तथा सामाजिक गुठीमा दर्ता हुन प्रोत्साहित गर्दै भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने प्रबन्ध हुनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्र नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने र सामुदायिक विद्यालयको शैक्षिक स्तरमा व्यापक परिवर्तन गर्ने बताए । सरकारी विद्यालय गुणस्तरीय बनेपछि कोही पनि निजी विद्यालय नजाने उनको दाबी छ ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्