Logo
७ बैशाख २०८१, शुक्रबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो, फारम भर्ने आज अन्तिम दिन

काठमाडौँ : समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीले फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

फाराम भर्ने म्याद एक सेकेन्ड पनि नथप्ने जनाउँदै मन्त्री पण्डितले चिठ्ठी पाएको २१ दिनभित्र तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कडाइका साथ खटाउने दाबी गर्नुभयो ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्