Logo
१५ चैत्र २०८०, बिहीबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–अस्ट्रेलिया क्रिकेटः अस्ट्रेलियाद्वारा भारतसमक्ष जितका लागि २९० रनको चुनौती

एडिलेड : भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८९ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि सन मार्सले १३१ रन तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए । तीन खेलको यस शृङ्खलामा अस्ट्रेलिया एक खेल जितेर अगाडि छ । विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताउनुभयो । भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ । तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ ।”

अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको छैन, तर भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ । तिब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको छ ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्