Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी आवासको पुनः निर्माणलाई प्रमुख प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासलाई प्रमुख प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषदको चौथो वैठकमा ओलीले मान्छे बचाउने काम पहिलो प्राथमिकता भएकाले भन्दै निजी आवासलाई नै पहिले प्राथमिकतामा राख्न सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिए । ‘भगवान त बाँचिहाल्छन् नि,’ ओलीले भने, ‘पहिले बचाउनुपर्ने मान्छेलाई हो ।’

मठ मन्दिरको पुनःनिर्माण भन्दा मान्छेको निवास निर्माणलाई प्राथमिकता दिने र त्यसमा पनि सुत्केरी, गर्भवतीमहिला, अपाङ्गता भएका व्यक्तिको घरको पुनःनिर्माणमा विशेष प्राथमिकता दिइनु पर्ने ओलीको भनाई छ । त्यसपछि क्रमश, विद्यालय, स्वास्थ चौकी र अन्य सरकारी कार्यालयको पुनःनिर्माणमा प्राथमिकता दिनुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्